लेप्चा बस्तीमा ४ किलो मिटर सडक निर्माण

रोङ : रोङ ६ को लोपोम्मुख जाति लाप्चाहरुको बसोबास रहेको टोल जिर्मलेमा सडक निमार्ण भएपछि जनजीवन सहज भएको छ । प्रस्ताबित रोङ रोडले छोएको निन्दा खोलादेखी पुजाभन्ज्याङ , वडाकार्यलय हदै जिर्मले खोला सम्मको करिव चार किलो मिटर फलराकिलो सडक गाउपालिकाको अठार लाखको सहयोगमा निमार्ण भएको हो ।पहिलाको बाटो भिराला, सानोे र ग्रेडमा नभएको कारण पटक पटक समस्या आइरहने रहेकोमा अहिले निन्दा खोलाबाट लाप्चा बस्ती तिरबाट नया ट्याक बनाएर स्वास्थ्य चौकीहुदै बिस्तार गरिएको हो । यहाबाट बाटो बनाइदा गाउसमेत समेटीएको र बाटो ग्रेडमा रहेको स्थानिय पूर्ण लाप्चाले बताए ।

उता बाटो सजिलो र फराकिलो भएकोले आफूहरुलाइ ब्यवसाय गर्न सहज भएको अर्का स्थानिय श्रीमान लाप्चाको भनाइ रहेको छ । उनी बिहान दैनिक रुपमा गाउमा उत्पादित दुग्ध संकलन गरि झापाको बौधमोडमा लगेर एन. एम सी डेरीलाइ बेचै आएका छन् ।

नेपालको लोपम्मोख सुचिमा रहेको लाप्चाजाती रोङ ६को सोही जिर्मले टोलमा मात्रै ३५ घर रहेको र उनीहरुको जनसंख्या एक सय चौसठी रहेको वडा नं ६का कर्मचारी फूर्वा छिरिङ लाप्चाले बताए ।

यता गाउ पालिकाले भने वडाको दुर्गम स्थानमा भौतिक पूर्वाधारको बिकास गरेर जीवन संभब्यताको आधारमा उपयोगी सिप र उत्पादन मा बृद्धि ल्याउने कार्यक्रमहरु संचालन गरि नागरिकको आर्थिक स्तर उकास्ने योजनामा जोड दिने वडासदस्य सुमित्रा तामाङ बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार