पाँचथर उद्योग वाणिज्य संघको सदस्यमा कसको कति मत ? को को भए विजयी ?

फिदिम : पाँचथर उद्योग वाणिज्य संघको एघारौँ साधारणसभा तथा अधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना सम्पन्न भएको । अध्यक्ष सहित पदाधिकारीको मतगणना बुधवार विहान सम्पन्न भएको थियो ।

सदस्यका उम्मेद्वारहरुको मत गणना मध्यान्न सकिएको छ । जसअनुसार महिला सदस्य पदमा कुमारी मिश्र विजयी भएकी छन् । उनले ६१९ मत प्राप्त गरिन । प्रतिद्वन्द्वी मेनुकादेवी मैनालीले ५१४ मत प्राप्त गरिन ।

खुल्ला सदस्य पदमा ७९० मतका साथ मिलन गिरी, ७७५ मतका साथ दिलिप अधिकारी, ७६१ मतका साथ सुबास कान्दु, ७३८ मतका साथ चन्द्रप्रसाद डाँगी, ७३७ मतका साथ शान्ति थेवे श्रेष्ठ, ७२३ मतका साथ विकेन्द्र वाइवा, ७१५ मतका साथ नरेन्द्रकुमार राई, ७०८ मतका साथ सूर्यकुमार मगर, ७०१ मतका साथ भीम केरुङ, ६८२ मतका साथ विकास थापा र ६७६ मतका साथ केशव खनाल संघको सदस्य पदमा विजयी भएका छन् ।

सदस्य पदका अन्य उम्मेद्वारहरु जगतबहादुर तामाङले ६६८ मत, सागर ओझाले ६५७ मत, नरेन्द्र पन्थाकले ६३६ मत, मनबहादुर दर्जीले ६३० मत, डिकबहादुर सिलवालले ६२९ मत, फिरोज महमतले ६१९मत, पूर्णकुमार सुब्बाले ६१८ मत, देवी शिवाकोटी ढकालले ६१६ मत, सानुकाजी यथार्थले ६१६ मत, ठूलोराम सुन्दासले ६१२ मत र युद्धबहादुर बोहोराले ५६७ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार