पाँचथर : पाँचथर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा दीपक नेपाल निर्वाचित भएका छन् ।
आज विहान पौने ४ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाममा आफ्ना प्रतिष्पर्धी तुलसीदाश श्रेष्ठलाई १ सय ३३ मत अन्तरले हराँउदै नेपाल वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन् । नेपालले ८ सय ५० मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी श्रेष्ठले ७ सय १७ मत मात्र प्राप्त गरेका थिए ।
जेठ ५ गते शुरु भएको अधिवेशनमा नया नेतृत्व चयनका लागि ७ गते मतदान भएको थियो । मतदानमा कुल १ हजार ८ सय ३६ मध्ये १ हजार ६ सय २६ मतदाता सहभागी थिए । नेपाल र उनको टिम बिरुद्ध तत्कालिन नेकपा माओवादी, नेकपा एमाले, संघीय समाजवादी फोरम र राप्रपा लगायतका दलको गठवन्धन तयार भएको थियो । नेपाल नेपाली कांग्रेस निकट व्यवसायी हुन् । नेपालको यो विजयले हालै एकिकृत भएको नेपाल कम्युनिष्ट पार्टि र उस्को गवन्धनमा सहभागी दलहरुलाई निकै ठुलो झट्का दिएको छ ।
संघको उपाध्यक्षमा क्रमशः यामनाथ काप्ले, राजु न्यौमाने, तिलविक्रम नेम्वांग र प्रयागराज सुवेदी निर्वाचित भएका छन् । जसमध्ये काफ्ले र सुवेदी गठबन्धनका हुन् भन् न्यौपाने र नेम्बाङ कांग्रेस निकट हुन् ।
यस्तै महासचिवमा नवराज घिमिरे,सचिवमा कमल वाँस्कोटा र कोषध्यक्षमा विमला श्रेष्ठ निर्वाचित भएका हुन् । महासचिव घिमिरे गठबन्धनका र सचिव बाँस्कोटा र कोषाध्यक्ष श्रेष्ठ कांग्रेस निकट हुन् ।
सदस्य पदको भने मत गणना जारी छ ।