इलाममा सफल प्याराग्लाइडिङ्ग परिक्षण उडान — हेर्नुहोस भिडियो सहित

इलाम :इलाममा सफल प्याराग्लाइडिङ्ग परिक्षण उडान गरिएको छ । जिल्लाको सुर्योदय नगरपालिकाको पर्यटकिय स्थल श्रीअन्तुबाट गोरख  महेन्द्रबेसी सिद्धिखोलासम्म सफल परिक्षण उडान गरिएको इलाम सोसाइटी युकेका सस्थापक अध्यक्ष सुमित्रा राईले जानकारी दिइन ।

मंगलबार गरिएको उडानमा १५ मिनेटसम्मको उडान सफल भएको बताइएको छ । उडानमा प्याराग्लाइडिङ्ग पाइलट विवेक शम्शेर राणा उड्नु भएको थियो ।

इलाममा पर्यटकिय क्षेत्र प्रसस्त छन् । यी क्षेत्रलाई प्याराग्लाईडिङका माध्यमबाट नियाल्न लगाउदै स्थानियलाई खुशी पार्न र स्थानियस्तरमा नै पाइलट समेत उत्पादन गर्ने गरी पुन ः इलाम आउने अध्यक्ष राईले बताइन ।

अब इलाममा प्याराग्लाईडिङ्ग कम्पनी खोल्ने गरी इलाम आउने र पोखरा र इलामको सम्बन्ध सुमधुर बनाउन प्याराग्लाइडिङ्गको सहायता लिने अध्यक्ष राइको भनाई छ ।

यसअघि इलामको इलाम नगरपालिकाको सुकिलुम्बा विमान स्थलमा प्याराग्लाइडिङ्ग उडान परिक्षण गरिएको थियो । सो समयमा मौसम प्रतिकुल भएका कारण उडान सफल हुन नसकेपछि अभ्यास मात्र भएको थियो ।

श्रीअन्तुबासीले इलाममा प्याराग्लाइडिङ्गको सम्भावना र उडान परिक्षणका लागी आएका टोलीलाई भव्य स्वागत गरेका थिए । सफल परिक्षण उडानपछि गत जेठ ५ गते इलाम आएका टोली आज पोखरा फर्र्किएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार