रोङ : रोङ गाउपालिकामा आज भएको एकदिने निशुल्क आखा शिबिर सम्पन्न भएको छ ।
द रेयुकाइको सहयोग रोङ गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको आखा शिबिरमा कुल २ अठारजनाको आखाको परिक्षण गरिएकोमा ६२ जनालाइ निशुल्क चस्मा बितरण गरिएको थियो भने अपरेसन गर्नुपर्ने पन्ध्र जनालाइ मेची आखा अस्पाताल पठाइएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार देबले बताए ।
रोङ गाउपालिकामा भएकोे आखा शिबिरमा रोङ बाहेकका स्थानका नागरिकहरुले पनि सेवा लिएको थिए तर रोङकै अन्य बिकट स्थानबाट रोगीहरु आउन नसकेको हुदा यस्ता शिबिर र कार्यक्रमहरु हरेक वडाको टोल टोलसम्म लैजानुपर्ने रोङबासीहरुको माग रहेको छ ।
यसबारेमा स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार देवसग जिज्ञासा राख्दा आगामी दिनमा यस्ता कार्यक्रम दुर्गम टोलसम्म लैजाने निति गाउपािलिकाले गरेकोले आगामी साउनपछि हरेक दुर्गम टोलसम्म पुर्याइने बताए ।















































