याक्थुङ भाषा तथा लिपि प्रशिक्षण सम्पन्‍न

युद्धबहादुर बोहोरा

पाँचथर : किराँत भाषा तथा लिपि सम्बन्धि दश दिने प्रशिक्षण पाँचथर फाल्गुनद गाउँपालिका मा सम्पन्न भएको छ ।

याक्थुङ प्रज्ञा प्रतिष्ठान फेदेन पान्थरको आयोजनामा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जवेगुको अध्यक्षतामा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

 प्रशिक्षणको सहजीकरण लिटिल स्टार बोर्डिङ स्कुल हिलिहाङ्ग-६,का प्रिन्सिपल हरिराज लोहा,घुर्बिसे माद्यामिक विद्यालयका शिक्षक मोहनकुमार चेम्जोङ र प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगुले गरेका थिए ।

 लिपि लेखन,सामान्य साहित्य र व्याकरण सम्बन्धि प्रशिक्षण भएको थियो। याक्थुङ लिपि,भाषा तथा साहित्यको संरक्षण साथै उच्च शिक्षामा याक्थुङ भाषाको ऎच्छिक विषय अध्यनमा सहयोग पुर्‍याउन उक्त प्रशिक्षण संचालन गरिएको कुलपति जवेगुले बताए । नयाँ पिंढिबाट दक्ष जनशक्ति तयार गर्दै भाषा विज्ञहरु उत्पादन गर्ने उदेश्य रहेको उनको भनाइ छ ।

 घुर्बिसे माद्यामिक विद्यालयले व्यवस्थापनमा सहयोग गरेको यस दस दिने प्रशिक्षणमा गैर याक्थुङ सहित ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। हाल यस विद्यालयमा कक्षा-६ सम्म लिम्बू भाषाको समेत पठन पाठन हुँदै आएको छ। समापन कार्यक्रममा प्रमुख अतिथि, कुलपति र विशेष अतिथिले सहभागीलाई याक्थुङ बर्णमालाको पुस्तक, प्रमाणपत्र वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार