इलाम : नीजि विद्यालयले इलाममा बढाएको शुल्क बृद्धि तत्काल कार्यान्वयन नगर्न उच्च अदालत बिराटनगर इजालस इलामले बिहिबार अन्तरिम आदेश दिएको छ । आन्दोलनरत पाँच बिद्यार्थी संगठनका तर्फाबाट अखिल इलामका जिल्ला अयक्ष इश्वरी तामाङ बैशाख ३१ गते उच्च अदालत इलाम इजालमा दायर गरेको रिटमा अन्तरिम आदेश दिदै ततकाल बढेको शुल्क नलिन भनीएको छ ।
निवेदकको तर्फबाट अधिवक्ता खगराज कट्टेल , उत्तम पौडेल र तारानिधि घिमिरेले बहस गरेका थिए भने बिपक्षीको तर्फबाट अधिबक्ता सुधिर बोहोरा, हिरण्य अधिकारी र बिबहादुर खड्काले गरेको बहसमा न्याधिसद्धय प्रकाशचन्द्र गजुरेल र तेजनारायण सिंह राईकोे सयुक्त इजालसले बृद्धि भएको शुल्क तत्काल नलिन अन्तरिम आदेश जारी गरेको हो ।
बिद्यार्थी संगठनले निजी , संस्थागत बिद्यालय र इलाम नगरपालिकालाई बिपक्षी बनाई बैशाख ३१ गते रिट हालेका थिए । इजासले इलाम नगरपालिकाको बैठकको निणर्य अनुसार सबै संस्थागत बिद्यालयमा अधिकतम शुल्क सिमा निर्धारण गरेको देखिएको जनाएको छ ।
संस्थागत बिद्यालयको बर्गीकरण अनुसार समनव गरी शुल्क क ख ग र घ गरी बर्गीकरण भएका बिद्यालय अनुसार शैक्षिक सत्र शुरु हुनु ३ महिना अघि नै सूचना समेत प्रकाशन गरी निर्धारण गर्नु पर्ने भए पनि इलाम नगरपालिकाले बिद्यालयहरुको बर्गीकरण नगरी एकै किसिमको शुल्क निर्धारण गरेको जनाएको छ । इजालसले मुद्धाको किनारा नलागे सम्म बृद्धि भएको शुल्क नलिन बिपक्षीका नाममा अन्तरीम आदेश दिएको हो ।
अन्तरीम आदेश भए लगतै बिद्यार्थी संगठनले पत्रकार सम्मलेन गर्दै सम्पूर्ण अविभावक बिद्यार्थी र बिद्यार्थी संगठनको पक्षमा भएको अन्तरीम आदेशको स्वागत गरेको छ । बिद्यार्थी नेताहरु इश्वरी तामाङ, प्रकाश भट्टराई , गञ्जु प्रधानले अदालतको निर्णयले आफुहरुको बर्षौ देखिको आन्दोलन निष्कर्षमा पुग्ने बताए ।
इलाम नगरमा संस्थागत बिद्यालयले गत बर्षको तुलनामा ९ प्रतिशत र सुर्योदय नगरपालिकाले ११ प्रतिशत शुल्क बृद्धि गरेको पाईएको छ । अधिकांश बिद्यालयले शिक्षा ऐन नीति बिपरीत बिद्यालय हाता भित्रै पोसाख विक्री गर्दै आएका छन । नीजि बिद्यालयले बिद्यार्थीलाई प्रतिशतको आधारमा दिईनु पर्ने छात्रा बृद्धि समेत नदिएको बिद्यार्थी संठनले जनाएका छन ।
बिद्यार्थी संगठनले यस अघि जिल्ला जिल्ला शिक्षा इकाई , प्याब्सनमा तालाबन्दी गर्दै आन्दोलन गरेका थिए । उनीहरुले पछि ताला खोलेर कानुनी उपचार खाजेको जनाएका छन ।