काठमाडौं: नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपल्लो तहका नेताको जिम्मेवारी बाँडफाँट गगरेको छ। छ नेताको भूमिका खुलाईएको छ। अब यसअघिका दुबै पार्टीका अध्यक्ष समान अस्तित्वमा नवगठित पार्टीको अध्यक्ष रहने छन्।
त्यस्तै माधवकुमार नेपाल र झलनाथ खनालले वरिष्ठ नेताको जिम्मेवारी पाएका छन्। पार्टी महासचिवको जिम्मेवारी विष्णु पौडेलले पाएका छन् भने प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्।



















































