मकालु एयर जहाज सम्पर्कबिहिन

काठमाडौं : सुर्खेतबाट सिमिकोटका लागि बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज सम्पर्कबिहिन भएको छ।

बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा आएको छैन।  जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।

उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो।पाइलट किरन भट्टराई र को पाइलट रहेको सिंगल इन्जिन जहाज ९ सिटे हो।अहिले जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन भइसकेको छ। थप जानकारी केही बेरमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार