देश विकासका लागि सबै तहका व्यक्ति जनउत्तरदायित्व बन्‍नुपर्छ : पौड्याल

सुजता सुनुवार

इलाम : नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौड्यालले देश विकासका लागी सबै तहका व्यक्ति जनउत्तरदायित्व बन्नु पर्ने बताएका छन् । इलाममा कार्यत्रकर्ता भेटघाट कार्यक्रममा नेता पौड्यालले यस्तो बताएका हुन् ।

गर्न सक्ने कुरा मात्र गरौँ, गर्न नसक्ने कुरा गरे जनमानसमा नै नक्कली बन्ने तर्क व्यक्त गर्दै उनले भने, ‘राजनिति भनेको देश बनाउनका लागि हो । जनसमुदायको नजर छल्नलाई होइन ।’

जिल्लाका सबै स्थानीय तहमा नेतृत्व सम्हालिरहेकाहरुले अरु बिग्रेला र म सप्रुला भनेर अर्काको मुख ताकेर नबस्न समेत सबैलाई आह्वान गरे ।

भेटघाट कार्यक्रममा सहभागीहरु नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव खगेन्द्र देवान, जिल्ला कार्यसमिति सदस्य हुकुमलाल थेवे, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति इलामका कार्यवाहक अध्यक्ष प्रकाश भट्टराईले जिज्ञासा राखेका थिए ।

यस्तै यातायात मजदुर संघका अध्यक्ष काजी श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस इलामका सहसचिव प्रविन कट्टेल, नेविसंघका जिल्ला सदस्य निराजन भटटराई, नेविसंघ मरब क्याम्पस इलामका सदस्य मिलन बाँनीया लगायतले आ –आफ्नो जिज्ञासा राखेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार