काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताएका छन् । स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले स्थिरता तर्फ बढेको बताए ।
संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) ले आयोजना गरेको ‘सिक्दै गरेको पुस्ता र सिकाईको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार समावेशी नीति, समानता, समृद्धि र सामाजिक न्यायका लागि प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले नेपालको संविधानले आधारभुत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्ने व्यवस्था गरेको स्मरण गराए । “शिक्षाका अतिरिक्त सवस्थ्य, हेरचाह, व्यक्तित्व विकास, खेलकुद जस्ता कुराहरु हरेक बालबालिकालाई उपलब्ध गराइन्छ” प्रधानमन्त्री ओलीले भने ।
नेपाल बिना भेदभाव बालअधिकार रक्षाका लागि प्रविबद्ध रहेको प्रधानमन्त्ती ओलीको भनाइ थियो । “नेपाल बालअधिकार महासन्धीको पक्ष राष्ट्र पनि हो” प्रधानमन्त्री ओलीले भने, “त्यसकारण पनि हामी बालबालिकाको शिक्षा पाउने अधिकारलाई उच्च प्राथमिकतामा राख्छौं ।”
प्रधानमन्त्री ओलीले नेपालमा शैक्षिक गुाण्स्तर वृद्धिका लागि सुचना र प्रविधीको प्रयोग गरिने बताए । प्रधानमन्त्री ओलीले भने, “सुचना र प्रविधीलाई विद्यार्थीदेखि विद्यालयसम्म विस्तार गर्ने सरकारको योजना छ ।” प्रधानमन्त्री ओलील दिगो विकासको लक्ष्य प्राप्तिका लागि सूचना प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा शिक्षामन्त्री गिरीराजमणी पोख्रेलको पनि सहभागिता थियो ।






















































