मोरङ पथरीशनिश्चरे–५ का स्यायी बासिन्द हुनुहुन्छ, फिपराज बेघा लिम्बु । मृदृभाषी, राजनीतिक विश्लेषक, मिलनसार स्वभावका धनी बेघा डेढ दशकभन्दा बढी ग्रामीण पत्रकारिता गर्दै आएका बेघा सामाजिक अभियन्ताको रुपमा परिचित हुनुहुन्छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय परिषद् सदस्य, संघीय प्रेस फोरम नेपालका केन्द्रीय सदस्यलगायत दर्जनौं सामाजिक संघ संस्थामा आबद्ध हुँदै आएका बेघा आउदै गरेको प्रदेश नम्बर १ को नेपाल पत्रकार महासंघको सदस्य पदका प्रत्यासी उम्मेदवारको रुपमा उभ्याइको छ । प्रस्तुत छ, उनै बेघासँग नजिकिदै गरेको नेपाल पत्रकार महासंघ प्रदेश निर्वाचनको सेरोफेरोमा रहेर –भुमिप्रसाद पाठकले गरेको कुराकानीको सम्पादित अंश :
नेपाल पत्रकार महासंघ प्रदेश कार्य समितिको निर्वाचन हुँदैछ, तपाईको उम्मेदवारी के को लागि हो ?
राज्यको चौथो अङगको रुपमा प्रेस जगत् सम्मानित छ । समाज परिवर्तनमा खेलिरहेको भूमिका र चुनौतिहरुको समीक्षा गर्दै आगामी दिनको ‘रोड म्याप’ बनाउन आवश्यक छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नहुनु, समानुपातिक विज्ञापन नीति लागू नहुनु, पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र अनुगमन नहुनु जस्ता कारणले पत्रकारिता क्षेत्रले परिवर्तनको अनुभूति गर्न सकेको छैन ।
मिडिया आवाज विहीनहरुको आवाज बन्न नसकिरहेको अवस्थामा, नेपाल पत्रकार महासंघ प्रदेशको निर्वाचन बैसाख २२ गते हुदैछ । प्रदेशमा अवस्थित सञ्चार क्षेत्रको समस्या प्रदेश सरकारले चाहेर मात्र हुनेवाला केही छैन् । प्रेस काउन्सिल, सञ्चार माध्यम, सञ्चारकर्मी र सरोकारवालासँग समन्वय गरी समस्याहरु समाधान गर्न, प्रभावकारी भूमिका खेख्नको लागि मैले उम्मेद्धारी दिएको हुँ ।
प्रतिस्पर्धीहरुलाई पराजित गर्दै विजयी हुने सम्भावना छ त <
मैले खुल्ला सदस्य पदमा उम्मेदवारी दिएको छु । हामी ६ जना प्रत्यासी छौँ । ‘अवको पत्रकारिताः समानता, सम्मान र समावेशिता’ भन्ने मूल नाराको साथ, सबैको सुझाब अनुरुप चुनावी मैदानमा छु । लोकतन्त्र सर्वोत्कृष्ट ब्यबस्था हो । राजनीति उपलब्धि हो । मतदानवाट आफ्नो प्रतिनिधि छानिने गरिन्छ । केहीलाई लाभ हुने वहुसंख्यकलाई घातक हुने, कथित सिन्डीकेट खडा गरेर लोकतान्त्रिक अधिकार हनन् गरेकाले सर्वस्वीकार्य हामीले प्यानल निर्माण ग¥र्यौ ।
अग्रजको नेतृत्व र समावेशी प्यानल, १४ वटै जिल्लाको सुझाब अनुसार चुनाबमा होमिएका छौं । समस्त मतदाताको मताधिकार रक्षा गरी आफ्ना प्रतिनिधि छान्न पाउने वातावरण सिर्जना गर्नु नै हाम्रो पहिलो जित हो । हाम्रो प्रतिस्पर्धीहरुको प्यानल देखावटीको लागि मात्र हो । भावानात्मक एकता भएकै छैन । यो नै जितको दोस्रो आधार हो ।
तपाईँ साझा प्यानलसँगै चुनावमा होमिनुभएको रैछ, प्यानलको एजेण्डा के छ ?
श्रमजीवीहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक नपाउनु, नियुक्ति पत्र विना काम गर्न बाध्य हुनु, उपचार, विदा, सुरक्षा समस्या छ । यसमा सञ्चार गृह भन्दा सरकारले बिशेष नीति बनाउन आवश्यक छ । श्रमजीवी पत्रकार ऐनलाई पूर्ण कार्यान्वयनका लागि पहल गर्दै पत्रकारको सुरक्षा, क्षमता अभिवृद्धि गराउनु हाम्रो पहिलो एजेण्डा हो ।
दोश्रो प्रादेशिक मिडिया कानुनमैत्री बनाउन तथा व्यवसायिक र सार्थक पत्रकारिताको विकास गराउन, तेश्रो स्थानीय तहमा लोक कल्याणकारी विज्ञापन नीति अवलम्वन गराउन चौथो मातृभाषा पत्रकारिताको प्रवद्र्धन गराउन, हामीले उम्मेद्धारी दिएका छौं ।, अल्पसंख्यक, महिला, पछि पारिएका समुदायलाई पत्रकारिताको मूल धारमा प्रवेश गराउने हाम्रो पाँचौ एजेण्डा हो ।
अन्त्यमा…….?
१४ जिल्लाका १४ सय ५४ जना मतदाताहरु आसन्न ऐतिहासिक प्रदेश चुनावमा मत हाल्न आतुर छन् । हाम्रो प्रदेश, पत्रकारिता क्षेत्रको लागि अत्यन्तै उर्बर भूमि हो । अवसर र चुनौति छ । चुनौतिलाई हल गर्न जति कुशल नेतृत्वको आवश्यक पर्छ, त्यति नै कुशल नेतृत्वलाई रचनात्मक सहयोग गर्न सदस्यको अहम् भूमिका रहन्छ ।
म आम श्रमजीवीको पक्षमा काम गरिरहेको छु । निश्वार्थ रुपमा गरिरहने छु । म आम श्रमजीवीहरुको सेवक बन्न चाहन्छु । मेरो पाँच एजेण्डालाई कार्यान्वयन गर्न तपाईको अमूल्य मत आवश्यक पर्छ । म तपाईको मतलाई खेर जान दिने छैन । मतको कदर गर्नेछु मलाई खुल्ला सदस्य पदमा मतदान गरी विजयी गराउन अनुरोध गर्छु ।