युद्धबहादुर बोहोरा
पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित पाँच दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ
फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोग र पब्लिक टाइम्स साप्ताहिक फिदिमको आयोजनामा तालिम संचालन भएको थियो । फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको अध्यक्षता र गाउँपालिका अध्यक्ष अम्बरकुमार नेम्बाङको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भयो ।
तालिममा पब्लिक टाइम्स साप्ताहिका सम्पादक तथा प्रकाशक गणेश साम्पाङ्गले प्रमुख प्रशिक्षको भुमिका निर्वाह गरेका थिए । फोटो पत्रकारिता,अनलाइन समाचार साथै पत्रकारको दायित्व आदि बारे नागरिक दैनिक पाँचथरका संवाददाता तथा प्रशिक्षक गिरिजा बास्कोटले प्रशिक्ष दिए ।
त्यस्तै इगल एफएम फिदिमका सन्देश लिम्बूले रेडियो पत्रकारिता सम्बन्धि तालिम दिएका थिए । कार्यक्रममा पब्लिक टाइम्सले फाल्गुनन्द गाउँपालिकालाई कदर पत्र प्रदान गरेको थियो ।
फाल्गुनन्दका सात वडा र घुर्बिसे माद्यामिक विद्यालय सहितका १६ जना सहभागिहरुले तालिम लिएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेम्बाङले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।