दुर्गाहाङ लाओती
मिक्लाजुङ : मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ ले जाँडरक्सी व्यवस्थापन र तासजुवा नियन्त्रण गर्ने भएको छ । वडापालिकाको आयोजनामा जनप्रतिनीधि, राजनितिक दल, सुरक्षाकर्मी, वुद्धिजीवि, व्यवसायी र सरोकार वालाको सर्वपक्षीय भेलाले पसल व्यवसायी दर्ता, जाँड रक्सी (मदिरापान) व्यवस्थापन र जुवा तास नियन्त्रण बारे ३ वटा प्रस्ताव पारित गरेको छ ।
वडा नम्बर ५ भित्र पसल व्यवसायका लागि साना ठुला पसलहरु असार मसान्तभित्र वडा कार्यलयमा दर्ता गर्नुपर्ने, पसल व्यवसायले जाँड, रक्सी, रम, बियर, क्वाटर जस्ता सम्पुर्ण मादक पदार्थ बिहान ७ देखि ९ बजेसम्म खुला गर्ने, ९ देखि बेलुका ४ बजेसम्म बन्द गर्ने र ४ देखि बेलुकी ८ बजेसम्म खुला गरी ८ बजेदेखि पुरै पसल बन्द गर्नुपर्ने निर्णय पारित गरेको छ ।
जुवा तास नियन्त्रण बारे मिक्लाजुङ ५ नम्बर भित्र बिहेभोज, मृत्यु तथा चार्डपर्व लगायत अन्य समयमा पनि जुवा तास खेल्न र खेलाउन पुर्ण प्रतिबन्द गर्ने र कोहि कसैले खेलाए वा खेलेमा कानुन बमोजिम दन्ड सजाय गराईने र भोज भतेरमा मादक पदार्थलाई व्यवस्थित गर्ने निर्णय गरिएको वडा अध्यक्ष अबिसन लावतीले जानकारी दिए ।