माईभ्याली गोल्डकप : झापा र एपिएफ तेस्रो पटक भिड्दै

इलाम : इलाममा जारी चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा आज दोस्रो क्‍वार्टरफाइनलमा चिरप्रतिद्वन्द्वी टिम झापा ११ र सशस्त्र प्रहरीको एपिएफ भिड्दैछन् ।

दिउँसो ३ बजे हुने खेलमा यी दुई टिम तेस्रो पटक आमुने-सामन्‍ने हुँदैछन् । यसअघिका दुवै खेल जितेको झापाले जितको निरन्तरता दिने अवसर छ भने एपिएफका लागि भने दुई पटकको हारको बदला लिने अवसर छ । यसअघि दोस्रो संस्कारणमा फाइनलमा झापाले एपिएफलाई २-० ले पाखा लगाउँदै उपाधि चुमेको थियो । तेस्रो संस्करणमा भने सेमीफाइलनमा १-० गोल अन्तरले पराजित गरेको थियो ।

झापाबाट कर्ण लिम्बु, दिलेन लोक्ताम, देवेन्द्र तामाङ, विशाल राई, किरण चेम्जोङ लगायतका खेलाडीहरु मैदान उत्रदैछन् । एपिएफको तर्फबाट रञ्जन बिष्ट, रुपबहादुर लामा, नविन लामा, आदित्य चौधरी, युवराज खडका लगायतका खेलाडी मैदान प्रवेश गर्नेछन् ।

यसअघि हिजोको खेलमा आयोजक माईभ्याली फूटबल क्लब र मनाङ मर्स्याङदी बिच भएको खेलमा मनाङले १-० को अन्तरले आयोजक टिमलाई पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरिसकेको छ ।

१७ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टोलीको सहभागिता छ । माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार