नयाँ बुलन्द
इलाम : इलाममा जारी चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा आज (शनिबार) पाहुना टिम भारतको सिक्किम युनाइटेड क्लब र संकटा क्लब काठमाडौं भिड्दैछन् ।
दिउँसो ३ बजेदेखि हुने गोल्डकपको तेस्रो खेलमा राष्ट्रिय र अन्तरराष्ट्रिय क्लब एकआपसमा आमनेसामने हुँदैछन् ।
यसअघि बिहीबार भएको खेलमा पाहुना टोलि बंगलादेशको कावरान प्रगति संघलाई ३–१ ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।
१७ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टोलीको सहभागिता छ । माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।






















































