माईभ्याली गोल्डकप : एपीएफले अग्रता लियो

नयाँ बुलन्द

इलाम : इलाममा जारी चौथो अर्न्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफले सुरुवाती अग्रता लिएको छ । कावरान प्रगति स‌ंघसँगको खेलमा १० औं मिनेनमा नै एपीएफले अग्रता लिएको हो ।एपीएफका युवराज खड्काले मैदानको बाँया साइडबा६ सानदार गोल गरेका थिए ।

एपीएफ यसअघि माईभ्याली गोल्डकपको दोस्रो संस्करणमा झापा ११ सँग फाइनलमा र तेस्रो संस्करणमा झापा ११ सँगै सेमीफाइनलमा पराजित भएको थियो ।

माइभ्याली फूटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल १७ वैशाखमा हुनेछ । प्रतियोगितामा आयोजकसहित नेपाल, भारत र बंगलादेशका गरी १२ टिमको सहभागिता छ ।

विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपबिजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ । त्यसैगरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ र म्यान अफ दि म्याचले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार