नयाँ बुलन्द
इलाम : इलाममा सुरु भएको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको चौथो संस्करण फूटबल प्रतियोगितामा आयोजक माईभ्याली फूटबल क्लब इलामले ३ गोलको अग्रता लिएको छ ।
कास्की ११ सँगको खेलमा इलामले सुरुवाती अग्रता लिएको हो । खेलको २० औं मिनेटमा इलामका मनिस थापाले गोल गरी अग्रता लिएको इलामले मध्यान्तरपछि लागता दुई गोल गर्न सफल भएको छ । मध्यान्तर पछिको १५ औं मिनेटमा पेनाल्टी मार्फत इलामका कप्तान सुवास राईले गोल गरेका थिए भने २३ औं मिनेटमा पुन मनिस थापाले दोस्रो गोल गरेका थिए ।
यता कास्कीका तर्फबाट भने २७ औं मिनेटमा उत्तम गुरुङले फ्रिकिकमार्फत गोल गर्दै ३-१ को अन्तरमा ल्याएका छन् ।






















































