इलामका माइजोगमाई क्षेत्रका आकर्षक पर्यटकीय स्थलहरु ओझेलमा

इलाम: भौगोलिक विकटताका कारण इलामको पर्यटकीय क्षेत्र माइजोगमाई गाउँपालिका पछाडि पर्दै गएको छ ।

माइजोगमाई गाउँपालिकामा उत्तरेपोखरी, बालागुरु शिवालयधाम, सांगा छ्योलिङ गुम्बालगायतका पर्यटकीय गन्तव्य छन् । यहाँको थुम्केडाँडाबाट सूर्योदयको रोमान्चक दृश्यावलोकन गर्न सकिन्छ ।

तर भौगोलिक विकटताले गर्दा यहाँ पर्यटक पुग्न सकेका छैनन् । यहाँको कतिपय पर्यटकीय स्थलको संरक्षणसमेत हुन सकेको छैन ।

१९४० सालमा स्थापना गरिएको सांगा छ्योलिङ गुम्बा पुरानो धार्मिक स्थल भए पनि २०७२ सालको भूकम्पले क्षति गरेपछि त्यसको पुनर्निर्माण हुन सकेको छैन ।

गुम्बा भन्दा एक किलोमिटर दुरीमा रहेको अर्को रमणीय पर्यटकीय स्थल उत्तरे पोखरीको पनि संरक्षण गर्न सकिएको छैन ।

यहाँका पर्यटकीय स्थलको संरक्षण गरेर प्रचार प्रसार गर्न सकिए पर्यटक भित्र्याएर फाइदा लिन सकिने भएकाले त्यसतर्फ ध्यान दिन स्थानीयले सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार