पाँचथरको फालेलुङ गाउँपालिकामा दोस्रो चौंरी महोत्सव हुने

पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका–४, चाररातेमा १ र २ वैशाखमा दोस्रो चौरी महोत्सव हुने भएको छ । हिमालको शोभाको रुपमा रहेको चौरी पालन ब्यवसायलाई प्रबद्र्धन गर्न दोस्रोपल्ट महोत्सव गर्न लागिएको जनाइएको छ ।

नेपालका विभिन्न जिल्ला सँगै भारतको सिक्किम–दार्जिलिङ सम्मका दश हजार मानिसले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । भारतको सिंहलीला नेशनल पार्क सँगै जोडिएर रहेको करीब ३२ मिटर उचाईको चारातेमा महोत्सव हुन लागेको हो । फालोट क्षेत्रमा पाइने बहुमूल्य जडिबुटि र जैबिक विविधताको संरक्षणको सन्देश समेत महोत्सवले दिने अध्यक्ष केरुङले बताए ।

उत्तरपूर्वी पाँचथरका कृषहरुले पुस्तौंदेखि गर्दै आएको चौरी पालन व्यवसाय पछिल्लो समय जनशक्तिको अभाव, जंगली जनावरको आतंक जस्ता कारणले संकटमा पर्दै गएको छ । महोत्सवमा चौरी पालन व्यवसायमा देखिएका समस्या र त्यसको व्यवस्थापनका लागि समेत गम्भिर छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार