नयाँ बुलन्द
काठमाडौं : सडक बालबालिकाकाे विश्वकप फुटबल प्रतियाेगिताका लागि तयारी गरिरहेकाे नेपाली राष्ट्रिय टाेलीलार्इ चर्चित फुटबलर हरि खड्काले प्रशिक्षण दिएका छन् ।
ललितपुरकाे सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा पुगेका खड्काले सडक बालबालिकाकाे राष्ट्रिय टाेलीका युवा खेलाडीलार्इ विजयी हुनका लागि अपनाउनु पर्ने रणनीतिसहित हाैसला प्रदान गरेका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टाेलीका पूर्व कप्तान खड्काकाे उपस्थितिमा विश्वकप खेल्ने टाेलीले १४ वर्षमुनिकाे नेपाली राष्ट्रिय टाेलीसँग मैत्रीपूर्ण फुटबल खेलेकाे छ। उक्त खेलमा विश्वकप खेल्ने टाेलीले ४–१ गाेलअन्तरले जीत हासिल गरेकाे छ ।
प्रतिस्पर्धा हेरेपछि नेपाली राष्ट्रिय फुटबल टाेलीका पूर्व कप्तान हरि खड्काले भविष्यमा यही टाेलीबाट नेपाली राष्ट्रिय टाेलीका लागि खेलाडी उत्पादन भइसकेकाे धारणा व्यक्त गरेका छन्। यसअघि छनाेट कार्यक्रममा अतिथि बनेर पुगेका खड्काले छाेटाे अवधिमै युवा टाेलीले विश्वकपकाे तयारीका क्रममा अत्यन्तै उत्साहजनक प्रगति गरेकाे बताएका छन् ।
सडक बालबालिकाकाे विश्वकप खेल्ने तयारी गरिरहेकाे नेपाली टाेलीका कप्तान राेशन भूजेल छन्। प्रशिक्षक राजन न्याैपाने र नवीन महर्जनले प्रतियाेगितामा सहभागिता जनाउने नेपाली टाेलीलार्इ प्रशिक्षण दिइरहेका छन् ।
विश्वकप खेल्ने तयारी गरिरहँदा टाेलीमा रहेका युवा खेलाडीले अाफ्ना राेलमाेडलका रूपमा रहेका नेपाली राष्ट्रिय टाेलीका अन्य खेलाडीहरूलार्इ पनि भेट्ने चाहना व्यक्त गरेका छन् ।
सडक बालबालिकाकाे विश्वकपका लागि नेपाली टाेलीकाे संयाेजन गरिरहेकाे सेल्टर अाश्रय नेपालकी अध्यक्ष खुश्बु अाेलीले प्रतियाेगितामा सहभागिता जनाउने नेपाली टाेलीका लागि नेपाली राष्ट्रिय फुटबल टाेलीका पूर्व कप्तान एवम् स्टार फुटबलर हरि खड्काकाे उपस्थिति महत्वपूर्ण र प्रेरणादायी हुने बताएकी छिन् ।