एशियन लाइफको २७ औँ शाखा इलाममा

नयाँ बुलन्द

इलाम : एशियन लाइफ इन्स्युरेन्सको २७ औं शाखा इलाममा स्थापना गरिएको छ । शाखाको कम्पनीका सिइओ राजेशकुमार श्रेष्ठले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

१० वर्षदेखी उपशाकाको रुपमा रहेको कार्यालयलाई शाखामा परिणत गरिएको छ । यस शाखाले ताप्लेजुङ र पाँचथरलाई समेत हेर्ने इलाम शाखाका लेखापाल बेनुप शिवाकोटीले जानकारी दिए ।

कार्यक्रममा कम्पनीका मार्केटीङ मेनेजर होमबहादुर श्रेष्ठ सहित इलाम शाखा अन्तर्गत बरिष्ठ एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता लगायतको उपस्थिती रहेको थियो ।

कम्पनीले २७ शाखा र ६८ उपशाखा मार्फत सेवाग्राहीलाई बिमा सेवा प्रदान गरिरहेको छ । कम्पनीले, अग्रीम भुक्तानी आवधिक, बाल भविष्य, बाल उद्यम, सुखी जिवन, एशियन पेन्सन, जीवन रत्न, दम्पती सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जिवन बीमा योजना लगायतका योजनाहरु प्रचलनमा ल्याएको छ । कम्पनीको पुष मसान्त सम्ममा जीवनकोष मार्फत ११ अर्ब, ३२ करोड ४२ लाख र लगानी १० अर्ब ७९ करोड तथा चुक्ता पुँजी ८० करोड ५५ लाख रहेको वताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार