नयाँ बुलन्द
मोरङ : मोरङको उर्लाबारीमा जारी संघीय समाजवादी फोरम नेपाल लिम्बुवान प्रदेश तदर्थ समितिको १० औं पूर्ण बैठक विभिन्न निर्णय गर्दै मंगलबार सकिएको छ ।
आइतबारदेखि सुरुभएको बैठकमा तीन जना प्रदेश सभा सदस्य तथा एक जग्गादातालाई सम्मान गरेको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पुर्व शान्ति मन्त्री रकम चेम्जोङ, महासचिव रणध्यवज कन्दङबाले सम्मानपत्र तथा खदा ओढाएर सम्मान गरेको हो ।
सम्मानीत हुनेहरुमा सांसदत्रय जयराम यादब, रामचन्द्र लिम्बु (आरसी तुम्बा), राधा थापा र मेचीनगर झापाका उमेश थापा छन् । सम्मानीत मध्ये तुम्बा र थापा समानुपातिकबाट निर्वाचित भएका हुन् भने यादब प्रत्यक्ष मोरङ क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित भएका हुन् । थापाले २५ लाख रुपैयाँ बराबरको ससफो मेचीनगर झापाको कार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गरेका थिए ।

बैठकमा ९ जिल्ला समितिहरुको प्रतिवेदन, जनवर्गीय संगठनहरुबाट चुनावी समीक्षा प्रतिवेदन, अध्यक्ष खगेन्द्र माखिमबाट लिम्बुवान प्रदेशस्तरीय तत्कालीन कार्ययोजना तथा कार्यक्रम, मुख्यसचिव लोकसागर साम्बाबाट निर्वाचन समीक्षा र प्रस्तावहरु, कोषाध्यक्ष केवलराम राईबाट आर्थिक नीति बारेको मस्यौदा र प्रचार प्रसार तथा प्रकाशन विभागको तर्फबाट कमन देवानले प्रचार प्रसार सम्बन्धी मस्यौदा माथि छलफल भएको थियो ।
बैठकमा प्रतिबेदन माथि पार्टीका केन्द्रीय सदस्य भक्त खेवाङ, धनकुटाका अध्यक्ष बलबहादुर राई, भिम राई, धनप्रसाद गुरुङ, हरिदेवी राई, गणेशकुमार शाक्य, पार्वती राई, धनराज सुब्बा, दिपेनबाला राई, पदम अधिकारी, दिलेन्द्र कुरुम्बाङ, देउकुमार नेम्बाङ, निर्मला ताबा, कुमार साम्यो, मुकुम नेम्बाङ लगायत २१ जनाले प्रतिवेदन माथि सुझाव सहित टिप्पणी गरेका थिए ।
छलफलमा उठेको टिप्पणी सुझावप्रति प्रतिवेदन प्रस्तोताले जवाफ दिएका थिए । प्रतिवेदन प्रस्तुतकर्ताहरुले प्रतिवेदन उपर उठेका विषयवस्तुमा स्पष्ट गराउदै छलफल गरी प्रस्तुत सबै प्रतिवेदनहरु बैठकले पास गरेको छ । बैठकले चन्द्र मादेन, विक्रम लिम्बु, पुरन खम्बु, विष्णुलाल मेचे, सनम राजबंशी, प्रकाश सुबेदी, बाबुलाल कार्की, सावित्रा याक्खा, उपेन्द्र लावती, जीवन चावा याम्भु, लोकेन्द्र आलेमगर, गणेश चेम्जोङ, गीता यादब, कुन्ता राई, समसेर लिम्बुलाई प्रदेश सदस्यमा मनोनित गरेको छ ।
बैठकमा पार्टी उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रणध्वज कन्दङबा, लिम्बुवान प्रदेश समितिको इन्चार्ज एवम प्रदेश सासद आरसी तुम्बा, सहइन्चार्ज भुराज राई, केन्द्रीय सदस्य अर्जुन थापा, सन्जय सिंह, केन्द्रीय अनुशासन विभागका सदस्य सर्वजीत निङलेखुलगायत नेताहरुको उपस्थिति रहेको थियो ।


















































