नयाँ बुलन्द
झापा : देउमान थेवे, झापाको राजनीतिक बृतमा चिनिएको नाम हो । मंसिर २१ गते हुन गईरहेको दोश्रो चरणको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार हुन् ।
साविक कुमोरखोद गाविसका पूर्व अध्यक्ष समेत भएर जनताका समस्यालाई नजिकबाट काम गरेका थेवे बौद्धिक तथा प्रखर बक्ताका रुपमा चिनिन्दै आएका छन् । उनले आसन्न निर्वाचन लोकतन्त्र र साम्यवाद चाहने वीचको जनमत संग्रह भएको बताउछन् । जनताले लोकतन्त्रको संस्थागत गर्न र यस क्षेत्रको विकासलाई निरन्तरता दिन कांग्रेसलाई विजयी गराउने उम्मेदवार थेवेको दावी छ ।
झापा, कन्काई नगरपालिकाको सुरुङामा स्थायी बसोबास गरिआएका उम्मेदवार थेवे जनताका घरघरमा पुग्दै आफना पक्षमा मत दिन आव्हान गरिआएका छन् । ‘ जनता कांग्रेसको पक्षमा देखिएका छन्।’ निकै हर्षित देखिएका थेवे भन्छन्–‘ मुलुकको समृद्धि र यहाँको विकास निर्माणका लागि कांग्रेसलाई मतदान गर्नुहोस ।’
प्रस्तुत छ, उम्मेदवार थेवेसंग निर्वाचनका बिषयमा गरिएको कुराकानी ।
चुनाव प्रचारप्रसार अभियान कसरी सञ्चालन हुदै छ ?
हाम्रो प्रचार प्रसारको काम अत्यन्त तीव्र गतीमा छ , हामीले एक वार्ड एकदिनको कामको क्यालेन्डरको कार्यक्रम अन्र्तगत अहिले वार्डहरु घुमिरहेका छौं । यस अभियान क्षेत्र भरि सञ्चालन गरिआएका छौ । कांग्रेसको पक्षमा अत्यन्त उच्च माहोल बन्दै गएको छ । जनता कम्यूनिष्टको अधिनायकवाद चाहदैनन् । संसार प्रजातान्त्रिक पक्षधर तर्फउन्मुख भईरहेका बेला नेपालमा कम्यूनिष्ट शक्तिको कुनै अर्थ छैन् । जनताको चेतना स्तर माथिउठिसकेको छ , मानिसले आफनो स्वतन्तत्रा दबाएर कुनै वादको बन्धक बस्न चाहदैनन् । तसर्थ पनि यस निर्वाचन क्षेत्रका तमाम मतदाताहरु लोकतन्त्रको संस्थागतसंगै मुलुकको विकास तर्फ कांग्रेसको विकल्प देखेको छन् जस्तो लागेको छैन् ।
चुनावी प्रचार अभियानका क्रममा मतदाताहरुको अपेक्षा के पाउनुभयो ?
राम्रो जिज्ञासा उठाउनुभयो, हामी यतिखेर निर्वाचनको संघारमा उभिएका छौ । जनताले आफनो जनप्रतिनिधि चुन्ने अवसरको पर्खाइमा निर्वाचनलाई उपयोग गर्न तम्तयार देखिएका छन् । कांग्रेस मुलुकको सवैभन्दा समृद्धि पार्टी हो, जसले ७ दशक बढी समयदेखि नेपाली राजनीतिमा क्रियाशील छ । मुलुकलाई समृद्धिको अगुवाईमा कांग्रेसले क्षमताशील नेतृत्व गरिआएको विदितै छ । हिजो राणादेखि शाह वंशीय राजसंस्थालाई जरैदेखि उखेल्न कांग्रेसले आफूलाई बलियो शक्तिका रुपमा स्थापित गरेको छ ।
लोकतन्त्र, जनताका अधिकारलाई सधै सम्मान गरेर मुलुकलाई समृद्धि तर्फ उन्मुख गराउन कांग्रेसले गरेको योगदान कसैले लुकाएर,छिपाएर मेटिदैन् । पछिल्लो समय माओवादीलाई शान्ति प्रकृयामा ल्याएर मुलुकमा व्याप्त हत्या,हिंसा अन्त्य गर्न कांग्रेसले नै नेतृत्व लिएको थियो । त्यसपछाडि संविधानसभाबाट संविधान जारी गरेर मुलुकलाई एक फड्को अघि बढाउन कांग्रेसले नै विशिष्ट भूमिका र त्यसको सफल नेतृत्व गरेको ताजै इतिहास छ ।
अव जनता यी सवै मुलुकको समृद्धिको अग्रज पार्टी कांग्रेसलाई जिताउन देशैभरि लोकतान्त्रिक गठबन्धन बलियो अवस्था छ । कांग्रेसको पक्षमा एकखाले जनलहर आएको छ, जनता कांग्रेसलाई जिताउन आतुर छन् । कांग्रेसको नेतृत्व अव पनि बहुमतको सरकार निर्माण हुने छ । मैले उम्मेदवार भएर या उम्मेदवार नै नहुदाँ पनि यस क्षेत्रको हरेक समस्यासंग लडेर काम गरेकाले पनि म प्रति क्षेत्रबासीको विश्वास पाएको छु ।
तपाईको चुनाव जित्ने खास आधार के हो ?
मेरो एउटै आधार के भने म जुनदिनदेखि पार्टीको काममा अगाडि वढे , म तत्कालिन कुमरखोदको पार्टीको उपसभापति २०४६ सालको त्यहादेखि यहाँसम्मको त्रामा अगाडि आउदै गर्दा मैले निरन्तर पार्टी संगठन र जनताको काममा यात्रामा कहिलेपनि एकदिनपनि विश्राम नलिइकन यहाँसम्म आइपुगेको छु । मैले ४९ सालको कुमरखोद गाउँको अध्यक्षमा निर्वाचित भएर फेरी ५४ सालमा निर्वाचित भएर मैले जुन जिम्मेवारी पाए , मैले आफ्नो ठाउँको आफ्नो क्षेत्रको विकासका लागि सगसगै सिङ्गो झापा जिल्लाको विकासका लागि निरन्तर निरन्तर लागिरहनेको छु । यहि ठाउँको धुलोमाटो खाएर विकासमा म निरन्तर निरन्तर लागिपरिरहेका् छु । जनताको विचमा जनताको सुखदुःखमा साथमा रहेको छु । चाहे वाच्दाको जन्ती होस चाहे जिउदोको जन्तीहोस जनतासग सुखदुःखमा लामो समय पार गरेरको छु । जनतासगको निरन्तरको सम्पर्क र सहयोगले मलाई चुनाव जिताउनेछ ।
तपाईलाई थाहा नै छ झापामा बाम गठवन्धन त्यसपछि राप्रपा पनि थपिएको छ ? तपाईलाई यसवारेमा भन्नु के छ ?
यो चाहि स्यालको हुईयाजस्तो भो गठवन्धन , गठवन्धनको पक्षमा भलाई लाग्छ कोहिपनि गठवन्धनको पक्षमा छैनन् । सत्ताका लागि बामगठबन्धनको हुईयाबाट जनता सचेत छन् , सत्ताका लागि भर्याङ बनाउनेलाई मत दिने की लोकतन्त्र र विकास गर्ने पार्टीलाई मत एिर जिताउने झापाली जनता अत्यन्त सचेत छन् । म यसपत्रिका मार्फत आग्रह पनि गर्न चाहन्छु, छलकपट गरेर, नाटक देखाएर जनतालाई ललीपप देखाएर भोट तान्न खोज्ने अतिवादीलाई परास्त गर्न यो निर्वाचन एक मात्र शक्तिशाली माध्यम हो , त्यसैले विबेकपूर्ण भएर आफना मत जाहेर गर्नु होला । किनकी यो आगामी ५ वर्षका लागि जनताको नेता चुन्ने मात्र नभएर मुलुकलाई समृद्धिको यात्रामा लैजाने योग्य उम्मेदवार ,पार्टीलाई जिताउनुहोला । हाम्रो दावा छ, कांग्रेस मात्र त्यस्तो पार्टी हो,जसले लोकतन्त्र र समृद्धिको यात्राको मुलुकलाई नेतृत्व दिन सक्षम छ ।
निर्वाचन जितिसकेपछि एक वर्षभित्रमा तपाईले गर्ने मुख्य कामहरु केके हुन ?
निर्वाचन जितेपछिका कामहरुका वारेमा भन्दा हिजो गरेका कामहरु जनताले हेर्नुपर्दछ । मैले जितिसकेपछि गर्ने भन्दापनि मैले जुन निरन्तर जनताको माझमा वसेर २०४८ सालदेखि विकास निर्माणकै काममा म जनता सगसगै धुलो माटोमा संगै छु । मैले चाहे सडक होस चाहे नदि नियन्त्रणहोस , चाहे खानेपानीहोस चाहे मोटरवाटो चाहे विद्युत होस , चाहे शिक्षा होस चाहे स्वास्थ होस , जुनसुक्कै विकास निर्माणको सन्र्दभमा मैले सिङ्गो आफु वसेको गाउँ र आफ्नो क्षेत्र र समग्र जिल्लामा विकास निर्माण गर्ने मैले अवसरपनि पाँए । र एउटा विकास पनि गरेको छु । र भोली आउने दिनमा पनि तीनै हिजोका विकास निर्माणका हरेक ठाउँहरुलाई निरन्तरता दिएर विकास निर्माण गर्ने मेरो पहिलो प्राथमिकता हो । झापामा पहिलो यातायात सडकको विकास निर्माणको आवश्यकता छ , सडकको कुरा गर्नुपर्दा मैले जितिसकेको प्राथमिकता भन्दापनि मैले १ वर्षपहिलेनै हामीले सडकहरुलाई नयाँ ढङ्गले अगाडि वढाउनुपर्छ भनेर अगाडि वढेका छौ । र जुन सुरुङ्गा झापा अमरपथ सडक खण्ड छ , यस अमरपथ सडकलाई अव सुरुङ्गा झापा अमरपथ सडकमा मात्रै सिमित राखिनु हुन्न । यो सडकलाई हामीले झापा सुरुङ्गा , दानावारी इलाम सडक जोडेर यसलाई कन्चनजंघा सडकको नामाकरण गरेर अगाडि वढाउनुपर्दछ । यस सडक दानावारी , इलाम जोड्नसक्यौँ भने यस क्षेत्रमा सवैभन्दा पहिलो भविष्य कन्काईको छ , दोस्रो भविष्य झापा गाउँपालिकावाशीको रहनेछ । त्ससकारण यो सडक निर्माण गर्नका लागि मैले चार वर्षअगाडिनै एउटा समिति निर्माण गरेर हामी अगाडि वढेका छौ ।
हामीले राष्ट्रिय योजना आयोगमा समावेश गरेका छौ । त्यहावाट हरेक वर्ष पैसाहरु छुट्टिरहेको अवस्था छ । हामीले यस आर्थिक वर्षको पैसा सुरुङ्गावाट धनुषकोटी जाने सडकमा लगायौँ , र हामीले ३ आर्थिक वर्षको पैसा दानावारीवाट अगाडि चेप्टीसम्म हामीले त्यो सडक निर्माण गरेर ल्याइसकेको अवस्था छ । र यो चुरेलाई हामीले ट्रायक्क खोल्नुर्ने अवस्था छ , जसकारण नेपाल सरकारको नम्स अनुसार हामीले अनुमति लिनुपर्ने भएको हुनाले केहि ढिलाई भएको छ । त्यसकारण मैले वषौदेखिको मेहनत गरेको झापा , सुरुङ्गा , दानावारी , इलाम सडकलाई कन्चनजंघा सडक नामाकरण गरि निर्माण सम्पन्न गर्ने मेरो पहिलो काम हुनेछ । र सगसगै अर्को सताक्षीधाम सवै पर्यटकहरु जाने आउने ठाउँ , सताक्षीधामवाट झिलझिले र हल्लारचोक , जनता , जनताहुदै माहाभारा , महाभारावट होकलवारी वोर्डर यो जोडने सडकपनि हामीले प्रस्तावित गरेका छौँ । र मैले नै जिल्ला विकासमा हुदा , सडक डिभिजन कार्यालय मार्फत यसलाई प्रस्तावित गरेर यसको डिपिआरपनि भइसकेको छ । उत्तरवाट डिपिआर गरेर यसको जनतासम्म भइसकेको छ । जनतावाट महाभारा होकलावारी सम्म यसको डिपिआर गर्न वाकी छ । यी दुइटा वोर्डर जोडने सडकहरुको हामीले अनिवार्य रुपमा बनाउन जरुरी छ । त्यसतीर म लाग्ने छु । र अर्को सडक यो सुरुङ्गा कोटीहवनबाट भर्खरै नेपाल सरकारवाट हामीले आदरणीय दाजु केशवकुमार वुडाथोकीको एकक्षेत्र एक सडकमार्फत हामीले हुलाकी सडकवाट हामीले उत्तर वाटो हामीले निर्माण गर्दै ल्याएको थियौँ , त्यसको वजेट ५ करोड रुपैँया एक सडक एक क्षेत्रको वजेट ५ करोड रुपैँया पर्दछ । त्यसवेला मैले यस झापा क्षेत्रनम्बर ४ का तात्कालिन उम्मेद्धार प्रेम गिरीज्युलाई मैले त्यसवेलापनि भने हामी दक्षिणवाट थाल्छौ तपाईहरु उत्तरतीरवाट थाल्नुहोस । एक क्षेत्र एक सडक २ या ३ वर्षमा पुरा हुन सक्छ । उहाँले हुन्छ भनेर आश देखाउनु भो तर उहाँहरुले त्यो सडकलाई पर चारआलीको जंगलमा लगेर त्यो वजेट लगाउनु भो । त्यसले गर्दा झापातीरवाट हामी गरेर आउदै थियौँ , हामीले भन्यौ अव यसलेमात्रै पुग्दैन , हामीले सडक वोर्डमार्फत हामीले सम्बन्धित मन्त्रालयमा हामीले पटकपटक कुराहरु राख्यौँ , र ५ नम्बर क्षेत्रको सिमानासम्म जोडनका लागि सम्बन्धित निकायवाट सर्वे पठाइदिएको थियो । सर्वे आइसकेपछि मलाई झापा गाउँपालिकाको अध्यक्षज्युले भन्नुभयो , सर्वे आयो तर पहिलेको झापा ५ नम्बर क्षेत्रभित्रमात्रै सर्वे गर्ने रे मैले भने त्यो हुन सक्दैन , यो अव एउटै क्षेत्र भएको छ । हामीले राजमार्गसम्म सर्वे गराउनुपर्दछ , तर उहाँले भन्नुभयो कर्मचारीहरुलाई माथिको परिपत्रअनुसार साविक ५ नम्बर क्षेत्रसम्म मात्रै गर्ने भन्ने छ , तर हामीले पुन सडक डिभिजनहुदै मन्त्रालयसमक्ष हामीले डेलिकेशन गयौं र त्यस लक्ष्मीमार्ग सडकलाई लक्ष्मी पाण्डेको सालिकबाट थोरै पश्चिमबाट कोहिहवन जोडने डिपिआर तयार भईसकेको छ , अव केहिदिनमै त्यस सडकको टेण्डर लागेर सडक निर्माण सुरु हुन्छ त्यसकारण यी दुइसडक चाडै सम्पन्न गर्ने मेरो पहिलो लक्ष्य जो रहेको छ , सडकपछि मेरै क्षेत्रमा ठुल्ठुल्ला दुइ नदिहरु रहेका छन । पुर्वमा विरिङ्ग नदि छ पश्चिममा माईनदि रहेको छ । पश्चिममा कमल वनियानी , किस्ने खोलाहरु रहेका छन र विचमा धेरै उत्तर दक्षिण वग्ने नदिहरु छन । ती नदिहरुको नियन्त्रण पहिले प्राथमिकता दिएर गर्नुपर्दछ ।
त्यसलेमात्र जनतालाई राहत दिनेछ । हामीले नदि नियन्त्रणलाई पनि पहिलो प्राथमिकतामा राखेका छौँ । मैले अघिनै भने सडक निर्माण गर्न जरुरी छ , पूर्वपश्चिमका ठाउँहरुमा उत्तर दक्षिण वग्ने पूर्वपश्मि वाटाहरुमा कल्र्भट पुलहरु निमार्ण गर्न जरुरी छ । खानेपानी वत्ती विजुलीहरुको , अरु व्यावस्थापन गर्न जरुरी छ । शिक्षा स्वास्थ्यलाई अझ व्यवस्थित गरेर त्यसलाई एउटा सुधारिएको शिक्षाको व्यवस्था गर्न जरुरी छ , शिक्षा खानेपानी यी सवै कुरालाई पूरा गर्न जरुरी छ , मेरा पहिलो प्राथमिकतामा यी र यस्तै विकास निर्माणका कुराहरु रहेका छन् जुन हामीले पूरा गर्न आवश्यक छ किनभने मुलुकलाई अव नारा होइन समृद्धि चाहिएको छ ।
वर्षमा तपाईको यस निर्वाचन क्षेत्रलाई कसरी विकास गर्ने लक्ष्य लिनुभएको छ नी ?
विशेष त यस क्षेत्रलाई पर्यटकीय नगरीकै रुपमा अगाडि वढाइनेछ , नेपाल एउटा चारैतिरवाट कहिपनि यातायातका लागि समुन्द्रसंग नजोडिएको क्षेत्रपनि भएको हुनाले हाम्रालागि समृद्धिका लागि पर्यटन राम्रो माध्यम बन्न सक्छ । जस्तो कनकाई नगरभित्रैमात्रै कोटिहवन धनुषकोटी , सिमसार , दोमुखा , शिवसाताक्षीमा सताक्षीधाम , चिल्लागढ लगायातका धेरै स्थानहरुमा यस्ता पर्यटक लोभ्याउने स्थानहरु छन । जहाकी हामीले ती पर्यटकिय स्थलहरुलाई स्तरउन्नती गरेर यसलाई सिङ्गो क्षेत्रको आयआर्जनका लागि आफ्नो सम्पत्तिका रुपमा लैजानसक्छौ , त्यसकालागि हामीले त्यसको स्तर उन्नति गर्न जरुरी छ । यस पर्यटकिय क्षेत्रलाई हामीले पहिले त स्तर उन्नती गर्नु छ अनि देशी विदेशी पर्यटकहरु भित्राएर हामीले आफ्नो दिगो आर्थिकआर्जन गर्न सक्छौ । त्यसप्रति मेरो ध्यान आर्कषण भइसकेको छ । जसका लागि पहिलो यस कनकाई नगरलाई रिङ्गरोडको अवधारणाअनुसार कनकाईलाई एउटा उत्तरमा चुरे , भुभाग रहेकाले अत्यान्त रमणिय पनि रहेको छ । त्यो रिङ्गरोडले सवै पर्यटकिय क्षेत्रलाई पनि छुने र सम्बोधन गर्न सक्छ , यसकारण भुभागहरुलाई यसले छुन्छ । यसकारण कनकाई नगरपालिकालाई एउटा रिङ्गरोडको अवधारणा ल्याएर रिङ्गरोड निर्माण गर्ने र त्यो रिङ्गरोडबाट कनकाई नगर एउटा छुट्टै नमुना नगर वनाउनका लागि मेरो ध्यान आकृष्ट भएको छ । र विशेषत कनकाई नदि विरिङ्ग नदि यी विचमा पर्दछ , यी दुइवटै नदिलाई नियन्त्रण गरेर यहाँका जनतालाई नदिको प्रखोपवाट मुक्त दिलाउनका लागि अगाडि वढन जरुरी छ । र मैले त्यो ठानेको पनि छु ।
अर्को अव शिवसताक्षी नगरपालिका अत्यान्तै पर्यटकिय स्थलको भुभागले छोएको छ । सताक्षीधाम दोमुखा चिल्लागढ , यस्ता थुप्रै पर्यटकिय स्थलहरु छन । ती पर्यटकीय स्थलहरुलाई स्तर उन्नतीगरेर देशी विदेशी पर्यटकहरुलाई भित्राएर सिङ्गो हाम्रो सम्पत्तिका रुपमा स्थापित गरेर यसलाई व्यावस्थापन गर्नु जरुरी छ । र त्यहि नगरभित्र अहिले धरमपुर गाउँपालिका पनि अहिले समाहित भएको छ । धरमपुरमा पनि पर्यटकिय स्थलहरु रहेका छन । राजमार्ग उत्तरदक्षिण क्षेत्रमा सिमसार क्षेत्ररहेका छन , त्यस सिमसार क्षेत्रलाई पनि पर्यटकिय क्षेत्र बनाउनु परेको छ । यसको पश्चिम तिर कमल वनियानी नदि रहेको छ । त्यो कमल वनियानी नदिलाई पनि नदि नियन्त्रणमार्फत जनताको तटवन्दनमार्फत नदि नियन्त्रण गरेर ति नदिका छेउमा वसोवास गर्ने जनताहरुलाई त्यो नदिवाट हुने क्षतिवाट मुक्क्त गराएर अगाडि वढन जरुरी छ । र त्यसतीर मेरो ध्यान आर्कषक भएको छ । मैले यी र यस्तै विकासका पुर्वाधारहरुलाई नियालेर हेरीरहेको छु । सुखदुःखमा साथमै रहेको छु । म यस ठाउँका लागि कुनै नयाँ व्याक्ति होइन , मलाई आफ्ना क्षेत्रभरिका हरेक सडकहरु , हरेक योजनाहरु , हरेक शिक्षा स्वास्थ्य , क्षेत्रका हरेक स्थलहरु मलाई आफैमा जानकारी रहेको छ । त्यसकारणपनि मलाई विकास निर्माण गर्नका लागि अन्य उम्मेद्धारभन्दा म जानकार छु । उहाँहरुले विकासका लागि पहिचान गदै हिडनुपर्ने हुन्छ भने म उहाँहरुभन्दा पहिलेदेखिनै जानकार समेत रहेकाले यो खोजीहिडनुपर्ने हुन्छ तर मलाई आफै मुख्खस्त रहेको छ । म २५ औँ वर्षदेखि विकासको कामहरु गरेर निर्माणको सिलसिलामा सवै ठाउँहरु गएको हुदा पनि मैले पुरा गर्न नपाएका विकासका सुचीहरु अलरेडी तयारी वनाएको हुदा मलाई अरुको दाजोमा सहज रहनेछ भन्ने दावी पनि गर्दछु ।
भनिन्छ देउमान थेवे धेरै राम्रा मान्छे हुन तर उनले नेतृत्व गरिरहेको कांग्रेस पार्टीचाहि खराव छ भन्ने गरिन्छ , यसमा तपाई के भन्नुहुछ ?
यो त अव जनताले मूल्याङ्गन गर्ने कुरा हो । राष्ट्रिय अन्तराष्ट्रिय जगतले मूल्याङ्गन गर्ने कुरा हो , नेपाली कांग्रेस आफैमा राम्रो छ कि छैन् , नेपाली कांग्रेसको सिद्धान्त , नेपाली कांग्रेसको विचार राम्रो छकि छैन् , यो मुलुकमा यो भन्ने अधिकारपनि नेपाली कांग्रेसलेनै दिएको हो । राम्रोलाई राम्रो भन्ने नराम्रोलाई नराम्रो भन्ने र राम्रोलाई पनि नराम्रो भन्ने अधिकारपनि नेपाली कांग्रेसलेनै दिएको हो । यो मुलुकमा चाहे २००७ सालको राणा फाल्ने क्रान्तिहोस , चाहे २०३६ सालको जनमत संग्रह होस , २०४६ सालको जनआन्दोलन होस चाहे २०६२÷६३ सालको जनआन्दोलन होस नेपाली कांग्रेसकै नेतृत्वमा यी ठुल्ठुल्ला आन्दोलनहरु भएर यो मुलुकमा नयाँ परिवर्तनहरु भएको छ । प्रजातन्त्र प्राप्ती भएको छ । गणतन्त्र प्राप्त भएको छ । त्यहि संघिय लोकतान्त्रिक गणतन्त्रमा मुलुकले नयाँ संविधानमा सवै जातजाति सवै धर्मलाई सम्वोधन गरिएको सवैको हकअधिकार सहितको संविधान नेपाली कांग्रेसकै नेतृत्वमा भएको छ , त्यसले गर्दा मलाई लाग्छ जनताले कसैले भन्यो होला कसैले त्यो अम्ला ठाडोपार्यो होला , तर नेपाली कांग्रेसको सिद्धान्त नेपाली कांग्रेसको विचार नेपाली कांग्रेसको मूल्य र मान्यता सवै पार्टीहरुभन्दा उत्कृष्ट रहेको छ ।
देशैभरी राप्रपा नेपालसग चुनावी तालमेल हुँदा झापामा चाहि गर्न सक्नुभएन नी के भन्नुहुन्छ ?
एउटा एउटा ठुलो परिवारभित्र धेरै कुराहरु कोहिसग नमिल्न पनि सक्छ । कुनै छोरासंग नमिल्ला , कुनै छोरीसंग नमिल्ला , कुनै वुहारीसंग नमिल्ला , हामीले देशभरीमा राष्ट्रिय नेतृत्वमा राप्रपा नेपालसग चुनावी समिकरण गरेका छौँ , विचारत र सिद्धान्तपनि राप्रपा नेपाल अहिले जुन झापामा वामपन्थीहरुसग जुन ठाउँमा उभिएका छन् अहिले विचार र सिद्धान्त पनि अहिले त्यस ठाउँमा गएर उभिन सक्ने मान्यता र विचार पनि होइन । र मन पनि छइन उहाँहरुको । देशभर मिलेको छ कमल थापालाई मकवानपुरवाट हामीले उम्मेद्धारी उठाएका छौ । सिन्धुपाल्चोकवाट पशुपतिशम्सेर राणलाई कांग्रेसले अगुवाई गरेको छ । सुनिल थापालाई धनकुटावाट गरेको छ । विक्रम पाण्डेलाई चितवनबाट गरेको छ । सवै राप्रपाका दुवै खेमा हरुलाई नेपाली कांग्रेसले तालमेल गरेर वोकेर हिडेको छ । झापामा एउटा क्षेत्रमा कुनै इस्युमा मिल्न सकेन तर मलाई लाग्छ कुनै एउटा क्षेत्रको इस्युले देशभरी त होइन झापामा पनि त्यसको प्रभाव पर्दैंन । मलाई लाग्छ झापामा गठबन्धन शक्ति भन्दा नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनलाई कांग्रेसललाई समर्थन गरेको दल र सारा नेपाली जनताले समर्थन गर्नेछन् । लामो समयदेखिको प्रतिक्षामा रहेको लोकतान्त्रिक संविधानको कार्यान्वयन गर्नका लागिपनि जनताले कांग्रेसको नेतृत्व स्वीर्काछन ,रुखमा भोट हाल्छन भन्ने मलाई पूर्ण विश्वास छ ।