विश्वकप फुटबलमा इटाली छनौट हुन असफल

रुसमा हुने विश्वकप फुटबलमा स्वीडेन छनौट भएको छ भने चारपटकको विश्व विजेता इटाली छनौट हुन असफल भएको छ । युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत सोमबार राति भएको दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप खेल्ने संभावना सकिएको हो।

पहिलो लेगमा स्वीडेनसँग १–० ले पराजित भएको इटाली दोश्रो लेगमा बराबरीमा रोकिएको हो ।समग्रमा इटालीलाई १–० ले हराउँदै स्वीडेन १२ औं पल्ट विश्वकपमा छानिएको हो । इटालीलाई गोल गर्न नदिनु नै स्वीडेनका लागि विश्वकप यात्रा तय गर्ने बाटो बन्यो ।

विश्वफुटबलमा आफ्नो उत्कृष्ट खेल कौशल तथा भव्य व्यक्तित्वको परिचय बनाएका इटालीका कप्तान तथा गोलरक्षक बुफोनका लागि अन्तिम खेल निकै निराशाजनक बन्यो । ३९ वर्षका बुफोनले यो सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने घोषणा गरिसकेकाले स्वीडेनसँगको खेल नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार