
झापा : चन्द्र खत्री झापाको दमक क्षेत्रमा चिनिएका नाम हो । उनी दमक जेसीजका महासचिवसहित निर्माण व्यवसायी संघ, धुव्रतारा स्पोर्टिङ क्लवमा समेत आवद्ध रहेका छन् ।
सामाजिक कार्य गर्न रुचाउने उनी दमक जेसीजको आसन्न निर्वाचनमा अध्यक्षको मुख्य प्रतिष्पर्धी मानिन्छन् । ‘सर्वसम्मत नै मैले अध्यक्षको नेतृत्व पाउने छु’ आसन्न निर्वाचनमा आफूले नेतृत्वको अवसर पाउने विश्वास गर्छन् । उनी भन्छन्, ‘दमक जेसीजमा सवल नेतृत्वको जरुरी छ, सवैको सहयोगबाट नै अध्यक्षको जिम्मेवारी प्राप्त गर्ने छु ।’ महासचिव खत्रीले जेसीजमा आफनो अनुभवलाई जेसीजको गतिविधिहरुमा साटासाट गर्न मैले नेतृत्वको आकांक्षा प्रस्तुत गरेको बताँउछन् । प्रस्तुत छ, दमक–८ निवासी खत्रीसँग जेसीज अभियान, आसन्न निर्वाचनसहित समसामयिक विषयमो गरिे कुराकानी :
जेसीज कस्तो संस्था हो ?
हामी सवैलाई थाहानै छ ,जेसीज भन्न साथ युवाहरुको नेतृत्वदायी संस्था हो । जो मूलत युवाहरुको व्यक्तित्व निर्माणसंगै विभिन्न सामाजिक कार्यहरुमा क्रियाशील रहिआएको छ । उमेरका हिसावले ४० वर्ष मुनीका युवाहरुलाई संगठित गरि युवाको व्यक्तित्व निर्माणमा यस संस्थाले काम गरिआएको छ । दिनानुदिन जेसीज अभियानमा युवाहरुको आस्था बढ्दै गएको छ । हामी यहाँ आउदाँँ खाली आउछौं,जति यहाँ आवद्ध हुन्छौ, हरेक नयाँ विचार सिकेर जान्छौ । त्यसैले त जेसीज युवा निर्माण गराउने संस्था ठानिन्छ । संक्षेपमा भन्ने हो भने जेसीज सिक्ने संस्था हो । जो हरेक राजनीतिक आस्था, धर्म,सम्प्रदाय, लिङीय आधारले विना भेदभाव जेसीजमा आवद्ध हुन सक्छन् ।
जेसीज भित्र दमक जेसीजको उपस्थिति कस्तो पाउनुभएको छ ?
महत्वपूर्ण प्रश्न उठाउनुभयो । आज हामी सवैले खोज्नु पर्ने विषय हो भन्ने लागेको छ । जेसीजमा लागेर के पायौ मात्र होइन् ,राष्ट्रका लागि पनि हामीले के दिन सक्यौ भन्ने आफनो अन्तरआत्माबाट खोज्ने बेलाआएको छ ।
जहाँसम्म नेपाल जेसीजमा दमक जेसीजको सम्बन्धको प्रसङ उठाउने हो भने आज दमक जेसीजले देशमा नै आफनो करिव तीन दशकको उपलव्धिलाई स्थापित गर्न सफल भएको छ । नेपाल जेसीजको नेतृत्वमा हामीले पहिलोपटक दमक जेसीजका पूर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारीलाई पाउन सफल भएका छौ । युवा व्यक्तित्वका धनी , देशभरिका जेसीहरुको अग्रज अधिकारीलाई राष्ट्रिय अध्यक्षमा स्थापित गराएर दमक जेसीज र नेपाल जेसीजको सम्बन्धलाई थप दरिलो बनाउन सफल भएका छौं । यो हामीको सम्मान हो की दमक जेसीजले राष्ट्रिय स्तरमानै अव्वल भूमिका निर्वाह गरेका कारण नै आज यतिका सफलता प्राप्त गर्न सफल भएका छौ । उहाँलाई त्यहाँ सम्म पुर्याँउन दमक जेसीजका सवै साथीहरुको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै सरसहयोग छ । आगामी दिनमा पनि दमक जेसीजले उहाँ जस्ता राष्ट्रिय अध्यक्षहरु उत्पादन गर्न सक्ने तर्फ हाम्रो ध्यान जानु पर्ने देखेको छु । त्यसका लागि हामी जेसीहरुवीचमा एकता, जिम्मेवारी प्रति जवाफदेहिता बन्नु पर्छ । यदि त्यो बा मात्र सक्यौ भने निश्चय पनि दमक जेसीजले थप इतिहास निर्माण गर्न सक्ने प्रशस्त संभावनाहरु कायम रहेका देखेका छौ ।
राष्ट्रिय अध्यक्षमा जिताउन दमक जेसीजका नेतृत्वका आकांक्षीहरुले आ–आफनै दावी गरिआउनुभएको हो ?
मलाई त्यस्तो लाग्दैन् । मैले अघिनै यस बारेमा कुरा राखिसकेको छु नी । दमक जेसीजका नेतृत्वमा आउने साथीहरुले आ–आफनै तर्क गरिआएपनि हामी सवैको सहयोगका कारण आज राष्ट्रिय अध्यक्षमा उहाँलाई स्थापित गराउन सकेका हौ । होलान, नेपाल जेसीजको निर्वाचनका घडीमा हामीले केकति खट्यौ, यसमा तलमाथि भने अवश्य होलाननै । हामी देशैभरिका शाखाहरुमा के ,कसरी मत माग्न पुग्यौ होला,तर त्यो कारणले मात्र आकांक्षीले विल्कुल ठिक हांै भन्न खोज्नु अर्थपूर्ण देख्दिन् । यसमा मैले धेरै बोल्न उपयुक्त ठानेको छुइन् , त्यस ताकाका गतिविधी हामी सवैले मनन गरेका छौ । उहाँ जस्तो प्रखर व्यक्तित्व दमक जेसीजले उत्पादन गरेको छ , त्यसलाई हामी जेसीहरुले आत्मसात गरेर अगाडी बढ्न सक्नु पर्छ साथै अवको नेतृत्वले त्यसप्रति गंभीर भने हुनुपर्छ ।
दमक जेसीजको विगतको पृष्ठभूमि भन्दिनुस न ?
सन् १९८१ मा धरान शाखाको मातृत्वमा दमक जेसीज स्थापना भएको हो । गणेश ढकालको अध्यक्षतामा त्यसताका औपचारिक रुपमा दमक जेसीज स्थापना भएको हो । अहिले त्यसपछि अनवरत रुपमा दमक जेसीजले आफनो अभियान सञ्चालन गरिआएको छ । अहिले दमक जेसीजले यस क्षेत्र आसपासका गौरादह र कमल नगर जेसीज शाखाहरुलाई मातृत्व प्रदान गरिसकेको छ । संक्षेपमा भन्ने हो, दमक जेसीजले हिजोका दिन भन्दा पछिल्ला वर्षतिर जेसीजको अभियान शसक्त बन्दै आएको छ । दमकमा जेसीजले आफनो उचाई स्थापना गरेको छ । यहाँका सामाजिक संघसंस्थाहरुवीच जेसीजले सुमधुर सम्बन्ध कायम गरेको छ । यतिका लामो ईतिहास बोकेको यस संस्थालाई थप अगाडी बढाउन हामी जेसीज अभियानमा संलग्न युवाहरुको चुनौती थपिदै गएको देखिएको छ ।
दमक जेसीज बर्ष २०१८ को नयाँ नेतृत्वमा तपाईको मुख्य दावेदार रहनुभएको छ ? तपाईको उम्मेदवारीनै हो ?
प्रश्नका लागि धन्यवाद । वास्तवमा हामी यतिखेर दमक जेसीजको वर्ष २०१८ को नयाँ नेतृत्वको प्रक्रियामा छौ । जेसीजमा मात्र त्यस्तो संस्था जो एक वर्षमा नेतृत्वले काम गरेर अर्का युवालाई नेतृत्व हस्तान्तरण गर्ने नियम छ । अन्यत्र यस्तो विधि कतै रहेको पाईदैन् । तर जेसीजमा भने कसैलाई पनि त्यहि संस्थामा नेतृत्व दोहोर्याँउने अधिकार छैन् । हरेक सिक्ने ठाँउ हो भन्ने आफनो मूलमन्त्रले गर्दा नै जेसीज नेतृत्वकला विकास गर्ने माध्यम हो भनेर अर्थ लगाउने गरिन्छ । जहाँसम्म मैले वर्ष २०१७ मा महासचिव भएर जेसीजमा काम गरे,अव त्यसलाई नेतृत्वमा बसेर आफूलाई उपयुक्त दावी प्रस्तुत गरिआएको छु । दमक जेसीजमा मैले जे सिकेर आएको छु , अव त्यसलाई अत्यन्त जिम्मेवारीका साथ काम गर्नका लागि मैले नेतृत्वको पहिलो हकदार हो भनेर भनिरहेको छु ।अन्य साथीहरुको आकांक्षा पक्कै पनि होलान । धेरै साथीहरु दमक जेसीजलाई नेतृत्व दिन सक्षम हुनुहुन्छ । उहाँहरु प्रति मेरो सधै अत्यन्त सम्मान छ , कि उहाँहरुको सहयोग बिना विल्कुल यस संस्था चल्न पनि सक्दै्न । दमक जेसीजमा सवैंको सहभागिता बृद्धि गर्न , संस्थाको गरिमा उच्च राख्न तथा युवाको व्यक्तित्व विकास गर्न मैले आफूलाई अध्यक्ष पदमा योग्य ठानेको छु । यसमा साथीहरुले साथ दिनुहुने छ भन्ने विश्वास लिएको छु ।
अध्यक्षमा अन्य केहि साथीहरुको पनि दावी आएको छ रे नी ?
मैले अघि नै भनिसके ,दमक जेसीज भित्र धेरै युवाहरु नेतृत्व दिन सक्षम हुनुहुन्छ । जेसीज आफैमा युवालाई नेतृत्व सिकाउने संस्थानै हो । यसलाई हामीले स्वभाविक रुपमा लिनुपर्छ । संस्थाको नेतृत्वमा आफनो इच्छा राख्नु ,सवैको व्यक्तिगत स्वतन्त्रता पनि हो । तर खुलेर साथीहरुबाट त्यस्तो दावी आएको भने देखेको छैन् । नेतृत्वमा आकांक्षी राख्ने साथीहरुले यसपटक मलाई पक्कै पनि अवसर प्रदान गनुृहुने छ भन्ने विश्वास लिएको छु । मैले जेसीजमा अहिलेसम्म गरेका कामलाई पनि अव नेतृत्वमा लगेर योग्यताको परिक्षण गर्नु उपयुक्त ठानेको छु ।
यहाँ भन्नै पर्छ, नेतृत्व रहर गरेर मात्र हुदैन्, यहाँ लागेर समय दिन सक्नु पर्छ । यसरी जति आकांक्षी समय दिन नसक्ने , नेतृत्व दिन अयोग्य भनेर तुलना गर्न खोजेको होइन् । सकेसम्म जिम्मेवारी दिदाँ उसका लगानी, समय व्यवस्थापन , व्यक्तिगत पृष्ठभूमि , अन्य संघसंस्थाहरुसंग समन्वय गर्न सक्ने क्षमतालाई थोरबहुत नजरअन्दाज गर्नु आवश्यक ठानेको छु ।
हरेकले काम गर्न आफू योग्य दावी गरिआँउछन्, तर व्यवहारमा त्यस्तो हुदैन् नी ?
राम्रो जिज्ञासा राख्नुभयो । अहिले हामी कहाँ काम भन्दा कुरा गर्ने प्रवृति बढ्ेको छ । ठुला कुरा गरेर काम नगर्ने रोग हामी जेसीज संस्था भित्र उत्तिकै छ । त्यसलाई चिर्न पनि मैले दमक जेसीजमा आफनो नेतृत्वको मुख्य दावा गरिआएको छु । दमक जेसीजलाई युवा उत्पादन गर्नें थलो बनाउदै नेपाल भरिनै जेसीज अभियान क्रियाशील गराउन शाखा नेतृत्वले गर्नुपर्ने सवै खाले गतिविधिहरु गरेर अगाडी बढ्ने योजना बनाएको छु । मैले आफूलाई यसरी पनि अर्थ लगाउने चाहेको चाहि के भने जेसीजमा मेरो यतिका लगानीलाई स्थानीय संघसंस्थाहरुको समन्वयमा काम गर्न अवसरको खोजीमा छु । नेतृत्व भनेको परिक्षणको योग्यता पनि हो । र्मैले यहाँ राम्रो नेतृत्व गर्न सके भने मैले मात्र होइन,यस क्षेत्रका जेसीज युवाहरुले नै अन्य अवसर प्राप्त गर्न सक्ने छन् । तसर्थ, मलाई विश्वास छ , जेसी युवाहरुप्रति भरोसा छ, जेसीजको प्रतिवद्धतालाई हृदयगम गरेर सधै अगाडी बढ्ने लक्ष्य लिएको छु । एक बर्षे योजनालाई थप सक्रिय बनाउने काम गर्ने छु ।
अन्य अध्यक्षको भन्दा गतिलो काम गरेर देखाउने कुरा गर्नुभयो नी ?
त्यसरीनै चाहि नभनौ, तर दमक जेसीजको अहिले सम्मको इतिहास कदापि तल गिर्ने काम गर्ने छुईन् । अहिलेसम्मका पूर्व अध्यक्षहरुले भन्दा गतिलो काम गर्ने छु भन्ने प्रसङ कदापि हुदैहोइन् । यहाँसम्म दमक जेसीजलाई डोर्याँउन पूर्व अध्यक्षहरुको अतुलनीय योगदानलाई हामीले स्मरण गर्ने पर्छ ।
तर के चाहि हो भने दमक जेसीजको नेतृत्व पाए भने वर्ष २०१८ लाई नमुना वर्षका रुपमा रुपान्तरित गराउने लक्ष्य राखेको छु । लक्ष्य विनाको कामले दिगोपन पनि दिन सक्दैन् नी , त्यसैले पनि मैले जेसीजलाई वर्षभरि चलायमान गराउने संकल्प बोकेको छु । दमक जेसीजको अध्यक्षको सूचिमा नामाङिकत गर्ने मात्र चिन्तनबाट मैले नेतृत्वलाई हेरेको छुइन् । दमक जेसीजले योजनाबद्ध कार्यक्रमहरु सञ्चालन गरेर यस क्षेत्रमा जेसीज एउटा सामाजिकसंगै युवाहरुको नै ढुकढुकीका रुपमा सक्रिय,परोपकारी संस्था रुपान्तरण गराउन ढृण अटोठका साथ काम गर्ने यसैपत्रिका मार्फत प्रतिवद्धता समेत जाहेर गर्दछु ।
अन्त्यमा केहि छुटेका केहि कुराहरु छन् ?
सर्वप्रथम त मलाई यसरी आफनो कुरा राख्ने अवसर प्रदान गर्नुभएको तपाइसहित अनलाईन परिवारप्रति आभारी छु । दमक जेसीजको समसामयिक विषयमा आफनो विचार राख्न पाएको छु । मैले जे कुरा राखेको छु, त्यसलाई मैले हृदयदेखिनै नमन गरेको छु । तपाईहरुले दिनु भएको माया,स्नेह र सद्भावलाई कहिल्यै विर्सने छुईन् । दमक जेसीजलाई बर्षभरि नै चलायमान गर्न मेरो बुद्धि,विवेकले काम गर्न पछि हट्ने छुईन् साथै तपाईहरुले दिनुभएको जिम्मेवारीलाई मैले अवसरसंगै चुनौतीका रुपमा लिएको छु । जेसीजको बृद्धिविकासमा सधै लाग्ने छु