संझौता शाकोसको साधारणसभा सम्पन्‍न

नयाँ बुलन्द

झापा : झापाको कमल गाँउपालिका–५ को बसन्त चौकमा रहेको संझौता बचत तथा ऋण सहकारी संस्थाले दोश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बसन्त चौकमा आयोजित साधारणसभाको उद्घाटन सभामा संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा समितिका संयोजक भक्तिप्रसाद नेपालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत दुवै प्रतिवेदन संस्थाको बन्द सत्रले सुझावसहित अनुमोदन गरिएको संस्थाका व्यवस्थापक हरिप्रसाद गजुरेलले बताए ।

त्यस अवसरमा संस्थाले बचत तथा ऋण तर्फ उत्कृष्ठ कारोवार गर्ने डेढ दर्जन शेयर सदस्यलाई पुरस्कृत गर्नुका साथै ज्येष्ठ नागरिक सम्मान तर्फ पूर्णमाया लावती, भगिराथा तिवारी, बाल प्रोत्साहन पुरस्कारबाट अरविन्द बिक,सरु ढकाल र संझौता शिक्षा प्रोत्साहन पुरस्कारबाट रुदिना भट्टराई,शिसम नेम्बाङ, दिलहाङ नेम्बाङ र विश्वास रेग्मीलाई नगद ,प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

कमल गाँउपालिकाका उपप्रमुख बेणु शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा कमल गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष डम्बरबहादुर निरौला,जिल्लास्थित युवा स्वरोजगार कार्यक्रमका कार्यक्रम संयोजक सन्तोष सापकोटा, हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द तिवारीलगायतले सहकारीको महत्वका बारेमा बोलेका थिए ।

५ सय ५६ जना शेयर सदस्य रहेको सो संस्थाको कुल चुक्ता शेयर पूंजी २५ लाख २ हजार ६ सय रुपैया पुगेको छ । संस्थाले गएको बर्ष बचत निक्षेप ७३ लाख ८२ हजार ६ सय ३९ गर्न सफल भएको प्रतिवेदनम जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार