पर्यटकको संख्या बर्सेनि बढ्दै

इलामकाे कन्याममा अाउने पर्यटकहरूले ल्याएकाे गाडी ।

सुजता सुनुवार 

इलाम : वर्षेनी पर्यटकको संख्या बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष ०७२/७३ को तुलनामा गत आव ०७३/७४ मा ७७ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि तथ्यांक सार्वजनिक भएको छ ।

०७२÷७३ मा १४ हजार ८ सय ४० पर्यटकले मात्र इलाम भ्रमण गरेकोमा ०७३/७४ मा ६६ हजार २ सय ९९ पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन् । यो ५१ हजार ४ सय ५९ बढी हो ।

पर्यटन सूचना केन्द्र जोरकलस इलामले दिएको जानकारीअनुसार ०७३ साउनदेखि ०७४ असार मसान्तसम्म ६६ हजार २ सय ९९ ले जिल्लाको भ्रमण गरेका थिए । जसमा २९ हजार ८ सय २९ महिला र ३६ हजार ४ सय ७० पुरुषले भ्रमण गरेका बताइएको छ ।

जसमध्ये आन्तरिकतर्फ ६६ हजार १ सय ४५ र बाह्यतर्फ १ सय ९४ पर्यटकले भ्रमण गरेका केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए । जिल्लाका कन्याम, माईपोखरी, श्रीअन्तु, गजुरमुखी, माङमालुङ, माङसेबुङ, करफोक जस्ता पर्यटकीयस्थलको भ्रमणका लागि पर्यटक इलाम आउने गरेका छन् । इलामको भ्रमणसँगै पर्यटकहरू ताप्लेजुङ, फिदिम, तेह्रथुम लगायतका जिल्लामा समेत जाने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार