माओवादी केन्द्र फर्कने भन्ने हल्ला आधारहिन : देवेन्द्र पौडेल

आराम हुनुन्छ ?
आरामै छु ।
पहिलो चरणको चुनावमा त  परीणाम    शुन्य आयो कहाँ चुके  जस्तो लाग्छ तपाँईलाई?
पहिलो चरणको चुनावमा हामीले सोचेकै यस्तै हो यो चुनावी नतीजाले हामी कती पनि आतिएका छैनौ । यो चुनावले पार्टीको संरचना विस्तार गर्ने सोचका साथ हामी दुई वटा पार्टीका करीव करीव प्रारम्भिक हेर्दा खेरी २२ सय वडा अध्यक्षको रुपमा उभिनु भयो । यो नै हाम्रो जित हो । त्यसमा पनि  ३०–४० ठाउँमा बडा अध्यक्ष र सदस्यहरुले जित हासिल गर्न सफल हुनु भएको छ । धेरै सोचेर थोरै परिणाम आएको भने होईन ।
विवेकशिल,साझा जस्ता नयाँ पार्टीले शहरमा बाजी मार्दा नयाँ शक्त्तिको त नाम नै आएन त ?
उहाँहरुले बाजी मार्नु भएको छैन काठमाडौंको जनताको एउटा सेन्टीमेन्टल भावना छ जसले एक उमेदवारलाई एक पटकमा यो सेन्टीमेन्टल मत खसाल्ने प्रचलन करीव करीव चार दशक देखि यहाँ छ । त्यसको सामान्य    झल्को   हो खास गरी साझा,विवेकशिल पार्टी ल्याएको मतको सम्मान गर्दछु । फेरी पनि पार्टी निर्वाण गर्न ललितपुर र काठमाडौंको उमेदवारीले यो सम्वभ छैन यो मिडियाको राम्रो सय होगले प्राप्त परिणमले देशभरी पार्टी संगठन निवार्ण चै मैले सम्भव देखेको छैन । हाम्रोलाई सरकारले पहिलो त चुनाव चिन्ह नदिएर अन्योमा राख्यो । त्यस पछि पार्टी चुनावमा भाग लिने कि नलिने भनेर अन्योल भयो फेरी फोरम संग एउटै चुनाव चिन्हमा भाग लिदा समयनै थोरै भयो अनि जनताको बिचमा आपना उमेदवार र एजेण्डा लिएर जानै गाहे भयो । दुई पार्टीको संयुक्त उमेदवार मिलाएर लादा केही कमी कमजोरी भएको छ यसलाई सुधारेर जानु पर्दछ ।
दास्रो चरणको निर्वाचनमा तयारी र अपेक्षा कति राख्नु भएको छ ?
निश्चित रुपमा पहिलो भन्दा राम्रो हुन्छ र अहिले हामी दुबै पार्टीले चुनावमा भागले घोषण गरेर गएको अवस्था हो पहिला जस्ता दुबिधा छैन । अर्काे चै चिन्हको बारेमा प्रष्ट भई सकेको अबस्था हो र फोरम पार्टीको पहिला पनि चुनावमा यो चिन्हले भाग लिएकोले जनतालाई अब लगि सजिलो छ ।अव पहिला चरणकोमा हुन नभाएको तालमेलको दोस्रो चरणमा वातवरण बनाउन लागिएको छ । विभिन्न पार्टीहरुसंग केही कुरा भएका छन त्यसैले दोस्रो चरणमा हामी सापेक्षीत रुपमा परिणाम राम्रो ल्याउने तयारीम छौ ।
तालमेलको कुरा गर्नु भयो फोरम र नयाँ शक्त्ति तालमेलकोकी अरु पार्टीसंगको तालमेल ?
यी दुईको त अगाडी नै तालमेल भई सक्यो यो त एउटा पार्टी जस्तौ भईसक्यो । संयुक्त चिन्हमा चुनावमा भाग लिइसके पछि हामी बिचको तालमेको कुरै भएन । हामी कुन साथीलाई चै मनोनयन पत्र दिने र उहाँले विजय हासिल गर्नु हन्छ भन्ने मात्र हो करीव करीव हामी एक पार्टी नै भई सक्यो । खास गरेर नेपाली काग्रेस राजपा गलाएत गणतन्त्र, धर्म निरपेक्ष लगाएत कुरामा कतै न कतै विश्वाश गर्ने पार्टीसंग स्थानिय स्तरमा मिल्दा केही फरक पर्दैन र चुनावमा तालमेल गरी अगाडी जान सकिन्छ भन्ने हाम्रो धारणा हो ।

सर विगत केही समय देखि तपाई लगाएत केही शिर्श नेताहरु माओवादी केन्द्र नै फर्कदै हुनुहुन्छ भन्ने हल्लाहरु मिडियामा आएको के सत्य हो ?

हिडदै गर्दा कुन गाडीले हर्न बजायो कुन कुकुर भुक्यो कहाँ कता बिरालो करायो भनेर पछि फर्केर हेर्ने कुरा आउदैन । हामी एक महान अभियानमा दृढता पुर्वक अगाडी बढेका छौ नेपालमा एक वैकल्पिक शक्ति निवार्णको खाजो छ भनेर नै हामीले यो अभियान थालेका हौ । यो अभियानलाई समृद बनाउन विभिन्न पार्टीसंग एकता र सहकार्य भने हुने र गर्ने हो । अहिलेको यो हल्ला चै चुनावलाई प्रभावलाई अपनाएको तल्लो स्तरको व्यवहार हो भन्ने बुजेको छु यती भन्दा यसको खण्डन हुन्छन भन्ने मेरो बुझाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार