काठमाडौं :अमेरिकी डाइर्भसिटी भिसा इडिभी० २०१७ को नतिजा सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो ।
अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो । सन् २०१६ अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो ।
यो कार्यक्रम अन्तर्गत अमेरिकाल नेपाल सहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ। अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
यसरी चेक गर्नुहोस्
डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन् । ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov/ मा गएर आफ्नो नतिजा हेर्न सक्छन् ।