चुनाव घोषणा भएकै दिन आन्दोलनमा जाने मधेसी मोर्चाको चेतावनी

फाइल तस्वीर

काठमाडौं : संघीय लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनको मिति घोषणा भएकै दिन आन्दोलनमा जाने चेतावनी दिएको छ ।

सरकारले आगामी जेठमा चुनाव गर्ने गरी मिति घोषणाको तयारी गरिरहेका बेला मधेसी मोर्चाले आन्दोलनमा जाने चेतावनी दिएको हो । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बिहीबार बसेको मोर्चाको अनौपचारिक बैठकले संविधान संशोधन नभई निर्वाचनमा जान नसकिने पुरानै अडान दोहोर्‍याएको छ ।

नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले आफूहरुको माग सम्बोधन नगरी निर्वाचन गर्न खोज्नु भनेको झगडाका लागि निम्तो दिनु सरह हुने टिप्पणी गरे ।

मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेक परिमार्जनसहित पास भएपछि मात्र चुनावमा जान सकिने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार