इलाममा अन्तर्राष्ट्रिय फुटबलका लागि मैदान बनाइँदै, चैत १७ देखि खेल हुने

सुजता सुनुवार

इलाम : इलाममा हरेक वर्ष सञ्चालन हुने अन्तराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिता यस वर्ष ढिलो गरी सुरु हुने भएको छ । इलामको ठुलो टुडिखेलमा खेल मैदानको पुर्न निमार्ण नसकिएकाले यस वर्षको प्रतियोगिता चैत १७ गतेबाट सञ्चालन हुने भएको हो ।

करिव १२ लाखको लागतमा पुर्ननिमार्ण भैरहेको खेल मैदानको ८० प्रतिषत काम पुरा भएको माइभ्याली फूटबल क्लवले जनाएको छ । क्लवका अनुसार प्रतियोगितामा सम्पूर्ण खेलाडीहरुले खेल्न असहज भएको गुनासो गरेपछि सहजताका लागी टुडिखेलमा खेल मैदान मर्मत गरिएको हो ।

क्लवका अध्यक्ष धिरेन चेम्जोङ्गले दिएको जानकारी अनुसार हालसम्म मैदानभित्र रहेका रोडा हटाई ४–५ फिटसम्म माटो हाल्नुका साथै दुबो रोप्ने काम सकिएको छ । दुवोलाई समयमा नै उर्मानको लागी बायोकिङ्ग अर्गानिक मल लगाएर पानी लगाउने काम सम्पन्न भएको र खेलमैदानको वरिपरी प्याराफिट बनाउने काम मात्र बाकी रहेको  छ ।

प्रतियोगितामा नेपालका ए–डिभिजनसहित भारत र भुटानका नामी क्लबहरूसमेत सहभागी हुँदैछन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभागीय टोली, सहारा क्लब, रूपन्देही–११ र झापा–११ लगायत देशका १० टिम प्रतियोगितामा सहभागी हुने क्लब अध्यक्ष चेम्जोङले बताउनु भयो  । पोहोर प्रतियोगिता सुरु हुने बेलामा आफू सहभागी हुन नसक्ने जनाएको मनाङ मस्र्याङ्दी क्लबले पनि यो वर्ष सहभागिता जनाउने सम्भावना रहेको उहाँको भनाइ छ ।

विगत वर्षमा माघ महिनामा सञ्चालन गरिँदै आइएको प्रतियोगिता यस वर्ष मैदान मर्मतका कारण चैत १७ देखी २६ गते सम्म अञ्चालन गरिने सह आयोजक  जिल्ला फूटबल संघ इलामका अध्यक्षनिरोज खड्कीले जानकारी दिए ।

३ वर्षअघि पहिलो वर्ष प्रतियोगिता आयोजना गर्दा नै माइभ्याली क्लब उत्कृष्ट ए–डिभिजनमा उक्लेको थियो । काठमाडौंभन्दा बाहिरका धेरै प्रतियोगितामा खेलाडीको मूल्य बढेकाले यहाँ पनि बढ्ने भएको उनले बताए । टुबोर्ग बियर मुख्य र रमपम चाउचाउ यो वर्षको प्रतियोगिताका लागि सह–प्रायोजक रहने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार