व्यावसायिक रुपमै अकबरे खेती, आम्दानी मनग्ये

18619-20170111112830.jpg

नयाँ बुलन्द

तेह्रथुम : जिल्लामा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । किसानले खाद्यान्न बालीको सट्टा व्यावसायिक रुपमै अकबरे खेती गर्न थालेपछि मनग्ये आम्दानी गर्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष करिब ४७ करोड रुपैयाँको अकबरे खुर्सानी उत्पादन भएको छ । जिल्लाका किसानले २५ हेक्टर जमिनमा लगाएको अकबरे खेतीबाट यस वर्ष ३१२ मेट्रिक टन अकबरे फलाएका हुन् । जसको खुद्रा मूल्य प्रतिकेजी १५० रुपैयाँका दरले मात्रै पनि ४६ करोड ८० लाख हुन्छ ।

बजारमा अकबरे खुर्सानी प्रतिकिलो न्यूनतम् एक सयदेखि चार सय रुपैयाँसम्ममा किनबेच हुने गर्दछ । गत वर्षभन्दा यस वर्ष ६२ मेट्रिक टन बढी अकबरे उत्पादन भएको कार्यालयका बागबानी विकास अधिकृत दिपा देवको भनाइ छ ।

जिल्लामा अलैंची र अदुवापछि बढी खेती गरिने नगदेबाली अकबरे खुर्सानी हो । परम्परागत शैलीमा खेती गर्दै आएका किसान भारतीय बजारबाट समेत अकबरेको माग आउन थालेपछि अझ उत्साहित भई व्यावसायिक खेतीमा लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार