कृष्ण ओझा
पाँचथर : पूर्व पाँचथरमा रेडपाण्डा पाईने स्थान भनेर पहिचान गरिएका जिल्लाका छ गाविसमा रहेका नौँ सामुदायिक बन उपभोक्ता समितिको सञ्जाल बनाई रेडपाण्डा संरक्षणमा जुटेका छन ।
समुदायमा आधापरत रेडपाण्डा कार्यक्रम अन्तर्गत यो सञ्जाल निर्माण गरीएको हो । रेडपाण्डा जगाउन स्थानिय समुहनै सक्रिय बनाउने उद्देश्यले सञ्जाल बनाइएको हो ।
सोमवार फिदिममा सामुदायिक बनका पदाधिकारी, सरकारी तथा गैर सरकारी निकायको भेलाले यस्तो सञ्जाल बनाएको हो । सरक्षण कार्यक्रम सञ्चालन गरीरहेको रेड पाण्डा नेर्टवक तथा दिप ज्योती युवा क्लवकोसंयोजनमा सञ्जाल बनाइएको हो । लोप उन्मूख रेडपाण्डा सरक्षणमा दिप ज्योती क्लवका संयोजक शूनिल वान्तवा राई एक दशक अघिदेखि लागी पर्दै आएका छन ।
डिल्लिराम दुलालको संयोजकत्वमा सञ्चाल बनाइएको हो । सह–संयोजक धनपाल राई, सचिव महेन्द्र विर राई मञ्जित, सह सचिव केदार पोखरेल र कोषाध्यक्ष प्रमिला तामाङ रहेको सवै सामुदायिक बन सम्मीलित सञ्जाल बनाइएको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावले बताए ।
जिल्ला वन अधिकृत देवेसमणि त्रिपाटी, सामुदायिक बन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देवि न्यौपाने, नेर्टवककी सरक्षण संयोजक पेमा लामा, नेपाल पत्रकार महासंघका सचिव तथा यूवा पत्रकार गिरिराज बाँस्कोटा, प्रेस युनियनका अध्यक्ष तथा क्रियासिल यूवा पत्रकार लक्ष्मी गौतम लगायतले रेडपाण्डाको महत्वको चर्चा गरेका थिए ।