उचित मुल्य नपाएपछि किसान निरास

गोविन्द पौड्याल

जर्मले : उचित मुल्य नपाएपछि ब्यवसायिक रुपमा काँक्रा खेती गदै आएका जिर्मलेका किसानहरु निरास भएका छन् ।

अहिले अबिरल बर्षको कारण झापाका बजारहरुमा डुबान भएको र यहाँका सडकहरु समेत हिलाम्मे भएकोले सहजै बजारमा पुर्याउन नसकिएको कारण जिर्मले र आसपासमा उत्पादन गरिएको काँक्रा ब्यापारीहरुले अति कम मुल्यमा खरिद गर्न थालेकोले किसानहरु मारमा परेका हुन् ।

कम मेहनत र थोरै,लगानीमा मनग्गै आम्दामी हुँदै आएको काक्रा इलामको जिर्मले र कन्याम लगायतको स्थानमा अधिक खेती गरिदै आएको छ । परम्परागत रुपमा

रहेको हरियो काँक्रोलाइ किसानहरुले ब्यवस्थित रुपमा खेती गरेर ब्यवसायिकता दिँदै आएका छन् ।

फाल्गुनमा नर्सरी गरेर चैत्रको पहिलो सातामा बिरुवा रोपेर असार को शुरुमा फल टिपेर आम्दामी शुरु भइ असोजको दोश्रो सातासम्म टिपाइ हुने काँक्रा खेती अहिले उत्पादको मध्य समयमा रु १० प्रतिगोटा रहेकोले लगानी सम्म उठाउन नसकिने अवस्थामा रहेको छ ।

बिगत बर्षमा एकलाख सम्मको आम्दामी गर्ने गरेको भएपनि यसबर्ष लगानी समेत उठाउन गाहे भएको जिर्मले ४ का किसान रुद्र रीजालले बताए । गर्मी मौ

सममा तराइको बजारमा अत्याधिक मात्रामा माग हुने भएकोले राम्रो बजार भएको किसानहरुले ब्यवसायिक काक्रा खेती गर्दै आएका थिए ।

यहाँ उत्पादन हुने काँक्रो किसानको घरबाटै ब्यापारीले खरिद गरि झापाको चारआली र बिर्तामोडसम्म लैजाने गरेको आजको चियाबारी दैनिकले खबर छापेको छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार