इलाम :
प्रेस सेन्टर इलामको अध्यक्षमा राजेश पराजुली निर्वाचित भएका छन । शनिवार इलाममा सम्पन्न दोश्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिती चयन गरेको हो ।
समितीको उपाध्यक्षद्धयमा बुद्धमाया सोङ्मी र धम्बु जवेगु, सचिव नमिन ढकाल, सहसचिव मंगेश खालिङ, कोषाध्यक्षमा स्मिता देवान निर्वाचित भएका हुन ।
आगामी तिन बर्षे कार्यकाल रहने समितीको सदस्यहरुमा तेजबहादुर घिमिरे, चन्द्र तामाङ, किरण राई, जिवन योङहाङ, मञ्जु तिम्सिना, खगराज घिमिरे रहेका छन । त्यस्तै सम्मेलनले अशोक प्रधान, सुजन तिम्सिना, लक्ष्मी मिश्र, मोहनमान श्रेष्ठ, मंगेश खालिङ, नमिन ढकाल, स्मिता देवान र सुमन लावतीलाई प्रदेश नं १ को प्रतिनिधीमा छानेको छ ।
प्रेस सेन्टर इलामको संयोजक सुजन तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी प्रेस सेन्टरका केन्द्रिय सदस्य विवेक गौतम रहेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका संस्थापक सभापति धर्म गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष रोहितचन्द्र भट्टराई, नेपाल प्रेस युनियनका अध्यक्ष तोयानाथ भट्टराई, प्रेस चौतारी इलामका सचिव ख्याम भुजेल, संघिय प्रेस फोरमका अध्यक्ष राम योङहाङ, प्रेस सेन्टरका केन्द्रिय प्रतिनिधी दयाराम दाहाल सुलभ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन प्रेस सेन्टरका केन्द्रिय सदस्य लक्ष्मी मिश्रले गरेका थिए ।






















































