‘आतंकवादी’का छोरा जो २३ वर्षपछि बाहिर निस्के

एजेन्सी : ज्याक इब्राहिमले विगत २३ वर्षदेखी आफ्नो परिचय लुकाउँदै आएका थिए। तर, उनले आफू सबैसामू आउने र आफूलाई सबैमाझ चिनाउने निर्णय गरे। ज्याकका पिता सन् १९९३ मा न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ब्लास्टको आरोपमा जन्मकैदको सजाय सुनाइएको थियो। त्यसबेला उनी मात्र १० वर्षका थिए।
बीबीसीसँग कुराकानीका क्रममा ज्याकले आफू सबैसामू आउनुको कारण बताएका छन्। उनी भन्छन्, ‘म सबैलाई भन्न चाहन्छु कि मेरो लालनपालन चरमपन्थी विचारधारामा भएपनि म त्यस्तो भएको छैन्। म आफ्नो पिता जस्तै आतंकवादी बनिन र विश्वभरका धेरै मुस्लिम पनि यस्तो विचारधाराबाट कौसौँ टाढा छन्।
यस्तोमा म र उनीअरू कसरी आतंकवादलाई समर्थन गर्न सक्छन्?’ ज्याकले अगाडि भनेका छन्, ‘म शान्तिको कुरा गर्न, यसलाई बढावा दिनका लागि अगाडि आएको हुँ। मानिसहरूलाई भन्न चाहन्छु कि एक आतंककारीको छोरा आतंककारी बनेन ।
यसकारण मुसलमानसँग डराउनुपर्ने कारण छैन्। हामी पनि शान्तिप्रिय छौँ।’ ज्याकले अगाडि भने, ‘इस्लामिक स्टेटजस्तो संगठनको सीरियाको केही मुसलमान जबरजस्ति समर्थन जनाइरहेका छन्, किनकी उनीहरूका लागि दुई वटा मात्र विकल्प छन्। या आईएसलाई समर्थन दियोस् या मृत्युवरण गरोस्।
यसकारण आइएस जस्तो संगठनलाई अलग-अलग गर्नका लागि त्यहाँका मानिसहरूलाई हरेक किसिमको मद्दत र समर्थनको आवश्यक छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार