नमिन ढकाल
इलाम : इलामको ठूलो टुँडिखेलमा जारी कोकाकोला अन्तरविद्यालय छात्र फुटबल प्रतियोगीताको शनिवारको खेलमा माउन्ट मेची र ज्योती विद्या मन्दिर बिजयी भएका छन् ।
क्वाटरफाइनल अर्न्तगतको पहिलो खेलमा जनता उच्च मा.वि चिसापानी माथी ७-० गोल अन्तरको फराकिलो जित निकाल्दै माउन्ट मेची अंग्रेजी स्कुल सेमीफाइनलमा प्रवेश गरेको छ । माउन्ट मेचीको जितमा जर्सी नम्बर ११ का आदित्य पौडेलले १२ औं र २१ औं, जर्सी नम्बर ८ का दिपेन्द्र गुरुङ्गले २८ औं र ६५ औं, जर्सी नम्बर ९ का अनिस राईले ५३ औं र ५९ औं तथा जर्सी नम्बर २ का पारुहाङ्ग देवानले ६२ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै शनिवार नै भएको दोश्रो क्वाटरफाइलनमा जुविलेन्ट इलाइट एकाडेमीलाई टाइव्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै ज्योती विद्या मन्दिर सेमीफाइनल प्रवेश गरेको छ । जुविलेन्टलाई खेलको ३३ औं मिनेटमा जर्सी नम्बर ७ का अपर्ण गुरुङ्गले अग्रता दिलाए पनि त्यस्को २ मिनेट नवित्दै ज्योती विद्या मन्दिरका जर्सी नम्बर १५ का रामबहादुर खडकाले खेल बरावरीमा ल्याएका थिए । बराबरीमा खेल समाप्त भएपछि टाइब्रेकरबाट विजेताको निर्णय लिइएको थियो ।
आइतवार हुने तेश्रो क्वाटरफाइलनमा मण्टेश्वरी वोडिङ्ग स्कुल र ग्रिनभ्याली एकाडेमी तथा चौथो क्वाटरफाइनलमा हेरिटेज नेशनल बोडिङ्ग स्कुल र अमर उच्च मा.वि बरबोटेविच प्रतिस्पर्धा हुने आयोजक समितीले जानकारी दिएको छ ।