रौतहटमा माधव नेपाललाई लाग्यो झट्का, विश्वास पात्र उपेन्द्रले लगे (फोटो फिचर)

रौतहटका २२ जना नेता फोरम नेपालमा प्रवेश

madhav-nepal-Upendra-yadavकाठमाडौं : संघीय गठबन्धनको जारी आन्दोलनसँगै गठबन्धनको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको लहर झन् तीब्र बनेको छ ।

यसैक्रममा रौतहटका जिल्ला तथा केन्द्रस्तरका प्रभावशाली नेताहरुको एउटा ठूलो समूह बुधबार फोरम नेपालमा प्रवेश गरेको छ । फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा आयोजित एक समारोहमा रौतहटका २२ जना प्रभावशाली नेताहरु पार्टी प्रवेश गरेका हुन् ।

रौतहटमा एमाले नेता माधव कुमार नेपालको विश्वास पात्र एमाले नेता रेवन्त झा समेत फोरम नेपाल प्रवेश गरेपछि रौतहटमा एमालेलाई ठूलो झड्का लागेको छ । एमालेका जिल्ला नेताहरु भगवान प्रसाद जायसवाल, विरेन्द्र पटेल लगायतका रौतहटका प्रभावशाली नेताहरु पनि पार्टी प्रवेश गरेका छन् ।

रौतहटस्थित नेपाली कांग्रेसका नेता राजगीर राम यादव, रामईश्वर राय यादव, छोटेलाल यादव, दिपेन्द्र यादव फोरम नेपाल प्रवेश गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य महासंघका महासचिव वृज किशोर यादवको पार्टी प्रवेशले रौतहटमा कांग्रेसलाई ठूलो क्षति भएको छ । सद्भावना पार्टीका जिल्ला नेता गंगाधर प्रसाद कर्ण, स्वतन्त्रबाट राजेन्द्र कुमार कर्ण र विनोद प्रसाद केशरी, रामसपाबाट राज कुमार दास पनि पार्टी प्रवेश गरेका छन् । त्यसैगरी, गोइत समूहका केन्द्रीय महासचिव राघवेन्द्र झा पनि फोरम नेपाल प्रवेश गरेका छन् ।

फोरम नेपालका चर्चित नेता एवं पूर्व सभाषद् बबन सिंहको विशेष पहलमा रौतहटका नेताहरु फोरम नेपाल प्रवेश गरेका हुन् । नवप्रवेशी सबै नेताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत तथा बधाई दिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता अशोक कुमार राईले नवप्रवेशी नेताहरुलाई खादा ओढाएर स्वागत गरे ।

त्यस्तै, पार्टी महासचिव रामसहाय प्रसाद यादव, केन्द्रीय सदस्यद्वय बबन सिंह र रेखा यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

ForamForam-1 Foram-2

-दैनिक नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार