बाल सञ्जालको अध्यक्षमा समिक्षा

bal sanjal (1)

नयाँ बुलन्द

गजुरमुखी : इलामको गजुरमुखीमा गाउँ स्तरीय बाल सञ्जालको पर्ुनगठन भएको छ । गाविसमा बुधबार आयोजित बालअधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको अवसरमा बाल सञ्जाल पर्ुनगठन गरिएको हो ।

बाल सञ्जालका धेरै बालबालिका अध्ययनका शिलशिलामा अन्यत्र गएकाले पर्ुनगठन गर्नुपरेको गाविसले जनाएको छ । नवगठित सञ्जालको अध्यक्षमा समिक्षा भण्डारी चयन भएकी छिन् ।

११ सदस्यीय सञ्जालको उपाध्यक्षमा एलन बुढाथोकी, सचिवमा बालकृष्ण भण्डारी, सहसचिवमा सुस्मिता विश्वकर्मा र कोषाध्यक्षमा सुनिल लिम्बू चयन भएका छन् । सदस्यहरुमा विनिता भट्टर्राई, दीपशीखा बराल, गोमा बुढाथोकी, सीता लिम्बू, सन्तोष लिम्बू र नीसा श्रेष्ठ रहेका छन् ।

त्यसैगरी प्रथम जिल्ला बाल भेलाका लागि तीन जना बाल प्रतिनीधि छनौट गरिएको छ । आगामी असार १७ र १८ गते इलाममा हुने बाल भेलाका लागि सुनिल लिम्बू, दीपशीखा बराल र बालकृष्ण भण्डारी चयन भएको सञ्जालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार