९५ लाख ५४ हजार राजस्व सङ्कलन

नयाँ बुलन्द

इलाम : पशुपतिनगर भन्सार कार्यालयले लक्ष्यभन्दा १५ लाख रुपैयाँ बढी राजस्व असुली गरेको छ ।

चालु आर्थिक वर्ष २०७२/७३ मा ८६ लाख ५० हजार राजस्व असुली गर्ने लक्ष्य राखेको कार्यालयले वैशाखसम्ममा ९५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आव २०७१/७२ को यही अवधिमा ७५ लाख १० हजार मात्र राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले भन्सार जाँचपासमा कडाइ गर्दै सरोकारवालासँग राजस्वका बारेमा अन्तक्र्रिया, छलफल कार्यक्रम तथा चोरी निकासी नियन्त्रण गरेका कारण भन्सार असुली बढेको भन्सार अधिकृत प्रकाश पोखरेलको भनाइ छ । भन्सार कार्यालयले चालु आवमा ९८ वटा विभिन्न साना–ठूला गाडी लिलाम बिक्री गरेको छ ।

सञ्चालनमा रहेकामध्ये छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ र छिरूवा छोटी भन्सारले चालु आवको वैशाखसम्ममा छ लाख ७१ हजार राजस्व असुल गरेका छन् । सशस्त्र द्वन्द्वका समयमा बन्द गरिएका मेमेङ, च्याङ्थापु, माइमझुवा र सुलुबुङस्थित बन्दुके छोटी भन्सार कार्यालय अझै सञ्चालनमा नआएको भन्सार अधिकृत पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार