इलामको समालवुङ एक ऐतिहासिक दस्तावेज

नेपालको पुर्वी जिल्लाहरूमध्ये भौगोलिक एवं प्राकृतिक सुन्दरताको दृष्टिले इलाम अग्रपङ्तीमा उभिन्छ । यस जिल्लाभित्रका विविध प्राकृतिक सांस्कृतिक विविधताले भरिएका ४९ वटा गाविसमध्ये पनि प्राकृतिक सांस्कृतिक र ऐतिहासिक महत्वका दृिष्टले सहि मुल्याङ्कन भएको अवस्थामा सुदुर पुर्वी गाविस समालवुङ अग्रपङ्तीमा उभिन सक्छ ।
समालबुङ नामाकरणको इतिहासलाई खोज्दा हामी नेपाल एकिकरणभन्दा अगाडि लेप्चा जातिको इतिहाससम्म पुग्न सक्छौ । किनकि समालबुङ शब्द लेप्चा भाषाको समल बोङ (नेपाली अर्थमा टुनी बोटे) कालान्तरमा टुनीको जंगल भएको अनुमान लगाउन सकिन्छ । यही शब्दपछि अपभ्रंश भई समालबुङ हुन गएको हो भन्ने प्रमाणित हुन्छ । आज पनि लेप्चा जातिहरू यही क्षेत्रमा बसोबास गर्दै आएका छन् । समालबुङ मात्र नभई इलाम जिल्ला लगायत दार्जिलिङ सिक्किमका धेरै ठाउँ तथा स्थानहरू लेप्चा भाषामा रहेको पाइन्छ । इतिहासकार इमानसिंह चेम्जोङका अनुसार १८३१ पूर्व कन्काईदेखि टिष्टासम्म कै पहाडी भू भागमा लाप्चा जातीको बसोबास रहेको थियो । अन्तु डाँडा अर्धबार्षिक पत्रिकाको वर्ष १ अंक १ मा युद्धप्रसाद वैद्यद्वारा लिखित लेखमा उहा“ले इतिहासकार ह्यामिल्टनलाइ उल्लेख गदै लेख्नु भएको छ –“यो कन्काइदेखि टिष्टासम्मका भूभाग ‘नाम सी’ नामक लेप्चा प्रमुखको अधिनमा थियो । यिनै कारण यी भागहरूका धेरै नामहरू लेप्चा भाषामा रहेका छन् । जसअनुसार समालबुङ लेप्चा भूमि अन्तरगतकै क्षेत्र पर्दछ । हाल यस गाविसका दक्षिणि भागमा लेप्चा वस्ति रहेका छन् ।”

samalbung
नेपाल एकिकरणपछि नेपाल अंग्रेज विचको युद्धपछिको सन्धिपश्चात नेपालको पूर्वी सिमाना मेचीमा सिमित हुन पुग्यो । हाल विश्व मानचित्रमा अंकित नेपालको पूर्वी सिमाना मेची नदि समालबुङको काखैबाट बगेको छ ।यसका अलावा गा.वि.स भित्र रहेका अन्य ऐतिहासिक एवं प्राकृतिक सम्पदाहरू पर्याप्त छन् ती मध्ये वडा नं १ मा अवस्थित सूर्यदयले प्रसिद्ध अन्तु डाँडा वडा नं ५ मा अवस्थित लेप्चाजातीको ऐतिहासिक स्थल ‘ज्यूठी’ वडा नं ९ उन्यूटारमा अवस्थित राणाकालिन तामाखानी उत्खनन क्षेत्रलगायत अन्य सम्भावित पर्यटकिय क्षेत्रहरू प्रसस्त रहेका छन् । यी अमुल्य प्राकृतिक सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू समालबुङ र इलामका मात्र नभइ नेपालकै अमूल्य सम्पदा हुन् । भौगोलिक बनावटको आधारले पनि समालबुङ देशकै निम्ति आयास्रोतको माध्यम हुनसक्ने सम्भावनाका आधारहरू पर्याप्त छन् । किनकी यदि मेची राजमार्ग अन्तरगतको फिक्कल बजार छिपिटार हुदै (हाल अन्तुडाँडा सम्मका लागि कालो पत्रे भइरहेको सडक) समालबुङ भएर काकडभिट्टा सडक खण्डले पूर्ण रूपले सफलता प्राप्त गर्न सकेको अवस्थामा मेची भन्सार काकडभिट्टाजस्तै यस भूभागमा कर संकलनको उपयुक्त ठाउ देखिन्छ किनकी नेपालका पहाडी क्षेत्रमध्ये समालबुङबाट भारतीय ब्यपारीक बजारहरू मिरीक नक्शाल काकड भिट्टा सिलिगुडी करसाङ लगायतका अन्य बजारहरू पनि थोरै दुरीमा रहेका छन् तर बाटोका अभावमा यस ठाउको अवमूल्यन भइरहेको अनुभव हुन्छ ।


इतिहास


नेपालको इतिहासलाइ हेर्दा १८१४ मा भएको नेपाल अंग्रेज युद्धमा जव नेपालले मेची देखि पूर्वका टिस्टा सम्मका भूभागहरू गुमाएर मेचीमा सिमित भए ।यसपछि पनि वि.सं १९९३ मा सिक्किमले अन्तुडाडा हस्तक्षेप गर्ने उदेश्यले पुन मेची नदी सिमाना अस्पस्ट रहेको र त्यसस“ग मिल्न आउने सिद्धिचाहि मेची भएको दाबी गरे । यस विवादको समधानका लागि सं. १८७२को सुगौली सन्धी धारा ६ अनुरूप नेपाल सिक्किम विच कुनै सिमा विवाद भएको अवस्थामा अंग्रज सरकारको मध्यस्थता त्रीपक्षिय वार्तादुवार विवाद समधान गर्ने उल्लेख भए अनुरूप त्रिपक्षीय रूपमा टोली बनाइ तराइ क्षेत्रबाटै स्थलगत निरिक्षण गरेका थिए । यो टोली इ.सन १८३६ फरवरी ४ का दिन मेची र सिद्धि दोभानमा आइपुगेका थिए । उक्त टोलीले दुवै खोलाका निरिक्षणका लागी दोभानस्थीत अग्लो थुम्कीबाट अवलोकन गरेका कुरा नेपाली टोलीका लक्ष वीर शाही र हेमदल थापाले तत्कालीन् प्रधान मंत्री भीमसेन थापालाइ लेखेका प्रतिवेदनका कुरा युद्ध प्रसाद वैद्यले लेख्नुभएको छ। दुइ खोला मध्ये जुन खोला चौडा पानीको मात्रा धेरै र लामो दुरी रहेको छ त्यो मुल र अर्को सहायक भएको निष्कर्ष निकाल्दै अझ अरू प्रमाणका लागि स्थानीय बासीसग जानकारी लिए जसमा ८५ ÷९० बर्षका जङमी लेप्चाको नामै उल्लेख छ । यसरी मेची सीमाना कायमका लागि स्थानीय समालबुङबासीको पनि महत्वपूर्ण भूमिका देखिन्छ भने समालबुङकै क्षेत्रहरू प्रयोग भएका थिए भन्ने सजिलै बुझ्न सकिन्छ । भिमसेन थापाको कार्यकालमा अन्तुडाँडा त्रीपक्षीय हस्ताक्षरबाट नेपालको ठहरिएकाले अन्तु डाँडालाइ नेपालको अर्को प्राकृतिक धरोहरा मान्न आवश्यक छ ।
समालबुङमा अवस्थीत अर्को ऐतिहासीक सम्पदा लेप्चा जातीसँग सम्बन्धीत ज्यूठी हो । यो वडा नं ५ मा पर्छ । स्थानीयहरूको कथन अनुसार नेपाल एकिकरणको समयमा लेप्चा सरदार सुरक्षित स्थानको खोजिमा हाल ज्यूठी भनिने एक ओडारजस्तो ढुङ्गामा निकै लामो समयसम्म बसेका थिए भन्ने जन श्रुतीको आधारमा नेपालको इतिहास खोजी गर्न चाहनेका लागि अनुसन्धानका लागि एक ठूलो दस्तावेज हुन सक्छ तर विकाशको अभावमा यो क्षेत्र ओझेलमा छ । जुन क्षेत्रको संरक्षणले नेपालका विभिन्न काल खण्डहरूको अध्ययन गर्नेहरूका लागि कोसेढुङगा साति हन सक्छ । यो धेरै पुरानो हुनाले प्रकृतिक प्रकोपबाट प्रभावित भएको अनुमान लगाउन सकिन्छ ।
अर्का समालबुङभित्र रहेका महत्वपूर्ण ऐतिहासिक सम्पदामध्ये वडा नं ९ उन्यूटार स्थित राणाकालीन् अवस्थामा खनिएका तामाखानी हो । जुन समालबुङ ९ मा अझै उत्खनन् गरेर प्mयाकिएका अनुपयोगी धातुका टुक्राहरूको थुप्रो नै देख्न पाइन्छ । स्थानीय भक्ति पोख्रेलका अनुसार यो खानी दोस्रो पटक २०२६ सालमा खनिएको थियो ।
यो स्थलको उचित संरक्षण र विकासबाट भूगोल र इतिहासका अध्ययनकर्ताहरूका लागि ठूलो दस्तावेज हुन सक्छ र विद्यार्थीहरूको स्थलगत शैक्षिक भ्रमणका लागि पनि यो एक महत्वपूर्ण स्थल हुन सक्छ तर विकासको अभावमा यो ठाँउ ओझेलमा रहेको छ ।
समालबुङ गा.वि.स. को वर्तमान साँस्कृतिक, प्राकृतिक एवं भौगोलिक अवस्थिति
इलाम जिल्लाको सुदुर पूर्वीय गा.वि.स. समालबुङको जम्मा क्षेत्रफल २०४१.२७ हेक्टर (२०.४१ वर्गमिटर) मध्ये वन क्षेत्रले गा.वि.स. को कूल क्षेत्रफलको ३३.१२%, कृषि क्षेत्रले ६१.५०%, बसोबास क्षेत्रले ३.८% र अन्य क्षेत्र (पहिरो, चट्टान आदि) ले १.५% भू भाग ओगटेको छ । यस गा.वि.स. ८८º ६ʼ पूर्वी देशान्तरदेखि ८८º १०ʼ १५” पूर्वी देशान्तर र २६º ४९’ ४५” देखि २६º ५२’ ४५” उत्तरी अक्षांश सम्म पैmलिएकोछ । यसको उचाई समुन्द्री सतहबाट ६२९ देखि अन्तु डाँडा सम्म १८२७ मिटर रहेको छ । यहाँको हावापानी समशितोष्ण प्रकारका रहेका छन् भने न्यूनतम २ डिग्री देखि २६ डिग्रीसम्म तपक्रम रहने गर्छ । २०७२ सालमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा अन्तर्गतको संस्था इम्ँ ले गरेको सर्वेक्षण अनुसार समालबुङको कूल जनसंख्या ५२०१ घरधूरी ११३८ र परिवारको औषत सदस्य संख्या ४.५७ रहेका छन् । यहाँ बसोबास गर्ने जातजातिहरूमा राई १२२९, ब्राहमण क्षेत्री ११३० तामाङ ९२१ लिम्बु ६१८ लेप्चा ३२७ नेवार २७५ वि.क. २२१ मगर २०९ दशनामी ७७ देवान ६४ घले ८ सुनुवार ८ भूजेल ५ दर्जी ४ र यल्मू ३ रहेका छन् । यहाँको कूल साक्षरता ७३.५१% मध्ये महिला साक्षरता ४५.२७% र पुरुष साक्षरता ५४.७३% रहेका छन् । यस गा.वि.स. भित्र १ प्रस्तावित मा.वि. जुन २०१३ सालमा स्थापना भएको हो १ प्रस्तावित नि. मा.वि. ५ वटा प्राथमिक विद्यालय र २ अंग्रेजी विद्यालय रहेका छन् । यहाँका बासिन्दाहरू नेपाली लेप्चा तामाङ लिम्बु र राई भाषा प्रयोग गर्छन् । यहाँको मूख्य धर्महरूमा किरात ३५.९०% बौध २३.५४% हिन्दू ३७.१५% र इसाई ३.०१% छन् । यहाँको धार्मिक संस्थाहरूमा समालबुङ ३ शान्ति बजारमा बौध धर्मावलम्बीहरूको १ थेग्छेन छ्योलिङ गुम्बा वाड नं. ४ मा किरात धर्मावलम्बीहरूको सनारुङ कोक्मा युमा माङहिम (मन्दिर) र वडा नं. ४ मा नै इसाईहरूको १ चर्च रहेका छन् भने वडा नं. २ मा र ४ मा १÷१ शिव मन्दिर निर्माणाधीन अवस्थामा रहेका छन् । अन्य सरकारी कार्यालयहरूमा गा.वि.स. प्रहरी चौकी, हुलाक, उप स्थास्थ चौकी, साना किसान सहकारी संस्था, अन्तु पर्यटन विकास केन्द्र संचालित छन् । यहाँको स्थानीयहरू स्थानीय क्षेत्रमा नै रहेको शान्ति बजार लगायत फिक्कल, भारतीय बजारहरू मिरिक, दार्जिलिङ, सिलीगुडी र खर्साङ सम्म पुग्ने गर्छन् ।

अन्तु डाँडाको भ्यू टावर
निर्माण कार्य यस वर्ष सम्पन्न हुने अवस्थामा छ । पर्यटन विकास मार्फतको मेची पहाडी प्रवद्धन समिति मार्फत यो कार्य भइरहेको कुरा समितिका अध्यक्ष श्री धन कुमार आलेले बताउनु भयो । यसको कूल बजेट ३५ देखि ३६ लाख लागत रहेको कुरा पनि वहाँले बताउनु भयो । यहाँको कृषि उत्पादनहरूमा हाल मुख्य रूपमा चिया खेती फस्टाएको देखिन्छ २०७१ साल देखि संचालन भएको समालबुङ १ मा अवस्थित बालाजी एग्रो लि. कलकत्ताद्धारा संचालित समाल भ्याली टि उद्योगको कारण यहाँका किसानहरू चिया खेती प्रति उत्साहीत देखिन्छन् । यस उद्योग ले गत सिजनमा २८२००० केजी तयारी चिया र त्यो भन्दा अगाडीको वर्ष ३२४००० केजी तयारी चिया प्रशोधन गरेको थियो ।
समालबुङभित्र रहेका प्राकृतिक ऐतिहासिक र साँस्कृतिक सम्पदाहरूको सही मूल्याकंन र संरक्षण गर्नु हो भने समालबुङ देश कै निम्ती एक ठूलो आमदामीका स्रोत बन्न समय लाग्ने छैन तर यतिविधी सम्पदाहरू रहेरै पनि विकासको अभावमा समालबुङ गा.वि.स. को अवस्था दयनीय नै देखिन्छ । यहाँका स्थानीय जनताहरू भारतीय संचारहरूसँग भर पर्नु बाध्य छ साथै खाद्यन्न लगायतका आधारभूत आवश्यकताका कुराहरू पनि भारतसँगै निर्भर रहनु पर्ने बाध्यता रहेको छ । समालबुङ गा.वि.स. को आधारभूत विकासका क्रममा गा.वि.स. बाट संचालित विकास बजेट बाहेक अन्य बजेट कम मात्रमा आउने गरेको स्थानीयहरूको गुनासो छ । अन्य शीर्षकमा आएको विकास बजेटमा विगट वर्ष समालबुङ ९ मा संसद रकमको प्रयोगबाट बाटो निर्माण कार्य क्रमागत रूपमा भईरहेको छ जुन बाटो श्रीअन्तुको तकपत भन्ने क्षेत्रबाट सुरु भएर समालबुङ वाड नं. ५ अवस्थित अम्बिटार क्षेत्रसम्म पु¥याउने कुरा स्थानीय व्यक्ति टिका घिमिरेले जानकारी दिनु भयो उक्त बाटोले भविष्यमा नेपाल तथा भारतको तराई क्षेत्रसम्म नै पु¥याउने लक्ष्य लिएको छ । समालबुङको विकास हुनु भनेको समग्र रूपमा इलामको मात्र नभई देश कै आर्थिक विकास हुने ठूलो सम्भावना बोकेकाले विकाससँग सम्बन्धीत निकायहरूले ध्यान पु¥याउन अति आवश्यक छ ।

-नयाँ समाचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार