पेरिसबाट उडेको इजिप्ट एयरको बिमान सम्पर्कविहीन

बिमानमा ५९ यात्रु र चालक दलका १० सदस्य छन्

बीबीसी, कायरो (इजिप्ट) :  फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो उडेको इजिप्ट एयरको बिमान सम्पर्कविहीन भएको छ । फ्लाइट एमएस८०४ मा ५९ यात्रु र चालक दलका १० सदस्य छन् ।

कायरोको स्थानीय समय अनुसार बिहान २:४५ बजे बिमानको राडारसंग सम्पर्क टुटेको हो । बिमान ७३ हजरा फिट माथि उडिरहेको बेला एक्कासी राडारसंग सम्पर्कबिहीन भएको एयरलाइन्सले जनाएको छ ।

बिमान बुधबार राति ११ बजेर ९ मिनेटमा पेरिसबाट उडेको थियो । बिहीबार बिहान ३ बजे कायरो बिमानस्थल आइपुग्नुपर्ने बिमान १५ मिनेट अगाडी सम्पर्कबिहीन भएको हो ।

एयरलाइन्सका अनुसार इजिप्टको हवाई क्षेत्रमा १६ किलोमिटर छिरिकेपछि बिमान सम्पर्कबिहीन भएको हो । बिमानको खोजी गर्न उद्दार टोली खटाइएको छ । ग्रीसका अधिकारीसंगको समन्वयमा खोजी कार्य सुरु गरिएको छ ।

विश्वभरका बिमानको ट्र्याक गर्ने वेबसाइट फ्लाइट राडारका अनुसार उक्त बिमान एयरबस ए३२० हो । मार्चमा पनि इजिप्ट एयरको बिमान अपहरण गरी साइप्रस पुर्‍याइएको थियो । साइप्रस पुगेलगत्तै अपहरणकारीले आत्मसर्मपण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार