युएइमा नेपालीलाई उपचारमा २०% छुट दिन सम्झौता

युएइमा नेपालीलाई उपचारमा २०% छुट दिन सम्झौता
दुबइ : सम्झौता पत्रमा नेपाली समाजको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद सापकोटा र पोलिक्लिनिकको तर्फबाट सिईयो मनु माहदी र जनरल म्यानेजर क्यापटेन जेसी जोसीपले हस्ताक्षर गरेका छन्।

स्वास्थ नै धन हो भन्ने नारालाई आत्मसात गर्दै अघि बढिरहेको नेपाली समाज युएईले यसअघि पनि अलरसिदिया पोलिक्लिनिकसँग सहकार्य गरी नेपालीहरुका लागि निःशुल्क स्वास्थ्य जेकअप गराउँदै आएको छ।

समाजले पोलिक्लिनिकसँग नेपाली समाजको संयोजकोत्योमा फ्रि मेडिकल क्याम्प गर्नुपर्ने, नेपालीहरुको उपचारको लागि २०% र औषधिको लागि ५% सौलिहत हुनु पर्ने, नेपालीहरुका लागि स्वास्थसम्बन्धी जनचेतना कार्यक्रम र क्लिनिक कार्ड समेत उपलब्ध गराउनु पर्ने जस्ता विविध विषयमा सम्झौता गरेको छ।

समाजले गरेको सम्झौताले युएईमा कार्यरत सबै नेपालीहरुलाई उपचारको लागि सरल र सहज हुने समाजका महा- सचिव मणि प्रसाद भुर्तेलले बताए। युएईमा कार्यरत सबै नेपालीहरुलाई नेपाली समाजमा आवद्ध भई साधारण सदस्यता लिन उनले आग्रह गरेको नागरिक अनलाईनमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार