७ किशोरलाई १०–१० वर्ष जेल

बीबीसी, जकार्ता

वैशाख २९, २०७३- १८ वर्षमुनिका ७ किशोरलाई यहाँ एक १४ वर्षीयाको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा १० वर्ष जेल तोकिएको छ । पश्चिमी बेङकुलु प्रान्तको एक गाउँमा उक्त घटना भएको हो । यसले इन्डोनेसियामा यौन हिंसासम्बन्धी दुर्लभ बहस छेडेको थियो ।

बलात्कारमा अधिकतम सजाय १५ वर्ष हो, तर न्यायाधीशले अभियुक्तहरूको उमेरलाई विचार गरी सजाय तोकिएको बताए ।

युयुन नामकी किशोरी अप्रिल २ विद्यालयबाट घर फर्कने क्रममा हराएकी थिइन् । उनको शरीर दुई दिनपछि क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

अधिकारीहरूले यो घटनालाई अनलाइनबाट व्यापक बहसमा ल्याउनुअघि स्थानीय सञ्चारमाध्यमले खासै महत्त्व दिएका थिएनन् । सामाजिक सञ्जालमा भएको बहसले राजधानीमा विरोध प्रदर्शनकै अवस्था ल्यायो ।

जसका कारण बाल संरक्षण मन्त्री योहाना येमविसेलाई दबाबामा पारेको थियो । घटनालाई लिएर अन्य ५ जनालाई समेत मुद्दा चलाइएको छ । प्रहरीका अनुसार दुई अभियुक्त अझै फरार छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार