नयाँ बुलन्द
इराक : बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका एक मुख्य नेता हवाई आक्रमणको क्रममा मारिएका छन् । अमेरिका नेतृत्वको गठबन्धन सेनाले इराकको अनबर प्रान्तमा गरेको हवाई आक्रमणको क्रममा आइएसका मुख्य नेता अबु वाहिब मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । वाहिब अल कायदा इराकका पूर्व सदस्य पनि हुन् ।
उनी शुक्रबार अनबरमा भएको आक्रमणको क्रममा मारिएको पेन्टागनले उल्लेख गरेको छ । वाहिब यसअघि पनि विभिन्न पटक मारिएको खबर आएको थिए, तर पछि उनी जीवितै रहेको प्रमाणित भएको थियो । तर यसपटक भने उनी वास्तवमै मारिएको पेन्टागनका अधिकारीले बताएको छ । अनबर प्रान्तको रुत्बा शहरमा गाडीमा यात्रा गरिरहेका बेला वाहिब मारिएको पेन्टागनका प्रवक्ता पिटर कुकले बताउनुभयो ।
नेता वाहिबसँग आक्रमण अरु तीन जना लडाकु पनि मारिएका थिए । वाहिब अनबर प्रान्तका लागि आइएसका सैन्य प्रमुख रहेको दाबी छ । कम्प्युटर साइन्सका पूर्व विद्यार्थी वाहिको जन्म सन् १९८६ मा भएको हो ।