ट्युमर पीडित रेबिका राईका लागी सहयोग रकम संकलन सुरु

rebikal rai
रेविका राई
चिसाङ शेर्पा
क्वालालम्पुर मलेसिया : खोटाङ बाझेच्याँनडाडा ८ तेर्सेटाेलकी १४ वार्षिय मुखको ट्युमरबाट पीडित बालिका रेबिका राईका लागी मलेसियामा सहयोग रकम संकलन सुरु भएको छ ।
पत्रकार चिसाङ शेर्पाको पहलमा पीडित बालिका बचाउ अभियान नामक फेसबुक ग्रुप च्याट मलेसिया,कतार र जापानमा सन्चालन भइरहेको हो ।
हप्तादिन नपुग्दै अभियानबाट उल्लेखनीय सहयोग मिलेको अभियानका अभियान्ता सुर्य चाम्लिङले बताए ।
चाम्लिङका अनुसार अभियानको चौथो दिनमा २३ हजार ८९ रुपैयाँ रकम संकलन भइसकेको र धमाधम सहयोग आईरहेको बताउनुभयो।
यस्तै कतारमा दोर्ची शेर्पा,जापानमा फुर्बा शेर्पाले सहयोग रकम संकलन गरिरहेका छन् ।
निम्न आयस्तर भएको राई परिवारले ५ बर्षदेखि १४ बर्षसम्म मुखको ट्युमर भएकी बालिकाको चौथोपटक भारतको कोलकातास्थित लाइफलाईन नर्सिङ होममा अपरेसन गर्न पैसाको समस्या भएपछि देश तथा बिदेशमा सहयोगको याचना गरेका थिए ।
काठमाडौं बुढानिलकण्ठमा बसोबास गर्दै आएका राई परिवारलाई गएको बुधबार श्रवन बम्जनको सयोजनमा कुवेत,अमेरिका,दक्षिण कोरिया,कतार,हङकङ,नेदरल्यान्ड र युएई बाट १० लाख १ हजार ६ सय सतहत्तर प्राप्त भएको थियो ।
 
रेबिका राई बचाउ अभियानको लागी सहयोग रकम गर्नुहुने सहयोगीदाताहरु निम्न बमोजिम रहेको छ ।
सुर्य चाम्लिङ राई rm 105
कर्साङ शेर्पा rm 75
शान्ति राई rm 75
समर बुढा rm 50
गोकुल लामा rm 20
तेन्जिङ शेर्पा rm 50
राम ब.गोले rm 101
गणेश परियार rm 11
देवराज अधिकारी rm 10
रुपेस मगर rm 75
प्रेम शेर्पा rm 60
हरि परियार rm 60
प्रेमबहादुर बस्नेत rm 60
राज चाम्लिङ rm 100
मलेसियामा रहनु हुने सबै साथीहरूले तलको खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सक्नु हुन्छ र जम्मा गर्नुभएको रकमको सिलिप,भौचर उपलब्ध गराईदिनहुन हार्दिक अनुरोध गर्दछौं ।
सिआईएमबी को खाता नम्बर :
7001324416
चिसाङ सेर्पा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार