प्रिमियर इन्स्योरेन्स इलामले दियो २४ लाख खनाल कन्ट्रक्सनलाई

इलाम : प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको इलाम शाखाले विमा माग दाबी वपतको रकम हस्तान्तरण गरेको छ ।

कम्पनीको शाखा कार्यलय इलामले आइतबार आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गरी उक्त बिमा माग दाबी बापतको २४ लाख रुपैयाको चेक खनाल कन्ट्रक्सन इलामलाई हस्तान्तरण गरेको हो ।

केही समय अघी कन्ट्रक्सनको रोलर मेची राजमार्ग अन्तर्गत इलाम र झापाको सिमानामा पर्ने रोङ गाउपालिकाको चियानडाडा नजिकै दुर्घटनाको भएको थियो । उक्त दुर्घटना पछी बिमा बापतको रकम  कन्ट्रक्सनले  इन्स्योरेन्स कम्पनीकाे इलाम शाखामा दाबी गरेको थियो । सोही दावी अनुसारको २४ लाख रुपैया रकमकाे चेक आज खनाल कन्ट्रकसनका सञ्चालक गंगा खनाललाई इन्स्युरेन्सका इलाम शाखा प्रमुख टीकाराम पुरीले हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख पुरीले इलाममा रहेका इन्स्योरेन्सहरुको हकमा सवै भदा छिटाे र सरल रुपमा  विमा दावी रकम हस्तान्तरण गने प्रिमियर इन्स्योरेन्स नै रहेकाे बताए  र उनले अहिलेसम्म इलाम शाखाको हाकमा यो नै बाडी रकम हस्तान्तरण गरेको जानकारी समेत दिएका छन्  । खनाल कन्ट्रक्सनलाई अहिले  २४ लाख र यस अघि पुलमा परेको विमा माग दाबी बापत ९ लाख ५० हजार रुपैया समेत गरेर दुई पटक सम्म प्रिमियरले रकम हस्तान्तरण गरिसकेके छ ।

कार्यक्रमा वैंकर संघका अध्यक्ष विकास ओली,एसवीआई वैंकका शाखा प्रमुख दिपेन्द्र ठाकुर , सन्राइज बैंकका शाखा प्रमुख मदन तिम्सीना, हेवीइकुमेन्ट संघका अध्यक्ष दिपेश श्रेष्ठ र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार