• जनकल्याण मावि एकतप्पाको इतिहास बोल्ने डकुमेन्ट्री निर्माण, टहरोबाट गौरवशाली शैक्षिक यात्रासम्म(भिडियोसहित)

    इलाम: फाकफोकथुम गाउँपालिका–७ एकतप्पा, दोकानडाँडामा अवस्थित जनकल्याण माविले आफ्नो ऐतिहासिक शैक्षिक यात्रा समेटेको डकुमेन्ट्री युट्युबमार्फत सार्वजनिक गर्दै विद्यालयको पहिचान उजागर गरेको छ । विद्यालयले आफ्नो स्थापना कालदेखि वर्तमान समयसम्मको ऐतिहासिक, शैक्षिक र सामाजिक यात्रालाई समेट्दै निर्माण गरेको डकुमेन्ट्रीले वि...

  • भगवती आविको शैक्षिक सुधार अक्षयकोष अभियानमा तीव्रता

      पाँचथर : मिक्लाजुङ गाउँपालिका–१, सराङडाँडास्थित सिङ्हाङमा रहेको श्री भगवती आधारभूत विद्यालयको शैक्षिक सुधारका लागि स्थापना गरिएको अक्षयकोष अभियानले तीव्रता लिएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा भौतिक पूर्वाधार सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालय परिवार, व्यवस्थापन समिति, शिक्षक–अभिभावक...

  • लाल बहादुर आविका ८५ जना विद्यार्थीले पाए न्यानो कपडा

    पाँचथर: फाल्गुनन्द-७, वाँसागु आङसाराङस्थित लाल बहादुर आधारभूत विद्यालयमा बुधबार न्यानो स्वीटर तथा अन्य समान वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार कुरुम्बाङको अध्यक्षतामा  ७ नम्बर वडाअध्यक्ष देउकुमार आङ्देम्बे प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिका रूपमा पूर्व गाउँपालिका ...

  • गोरखा वेलफेयर ट्रस्टद्वारा रत्नलक्ष्मी आधारभूत विद्यालयलाई फर्निचर हस्तान्तरण

    इलाम : इलाम नगरपालिका-१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयमा कक्षाकोठा तथा कार्यालय व्यवस्थापनका लागि आवश्यक फर्निचर सामग्री हस्तान्तरण गरिएको छ । गोरखा वेलफेयर ट्रस्ट फिदिम शाखाको सहयोगमा विद्यालयलाई ३ लाख ४ हजार १०८ बराबरका सामग्री उपलब्ध गराइएको हो । ट्रस्टले मङ्गलबार एक कार्यक्रम आयोजना गरी विद्यालयलाई ४० सेट फ...

  • अस्पताल तोडफोडबारे अझै बोलेन प्रशासन !

    इलाम : इलाम जिल्ला अस्पतालमा शनिबार साझ भएको तोडफोडको विषयलाई लिएर जनचासो उच्च बनेको छ। तर अस्पताल प्रशासनले अहिलेसम्म यस घटनाबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। स्थानीय तथा बिरामीहरू बीच अस्पतालमा सुरक्षाको अवस्था र व्यवस्थापनप्रति चिन्ता बढ्दो क्रममा छ। अस्पतालका केही कर्मचारीहरूले भने, “हामी घटना घ...

  • फिदिम माविको हीरक महोत्सव माघ ९ गतेदेखि …

      पाँचथर: पाँचथरको फिदिम माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा तीनदिने हीरक महोत्सवआयोजना गर्ने भएको छ। विद्यालयले हीरक महोत्सवको लोगो आज एक कार्यक्रमबीच सार्वजनिक गर्दै महोत्सव माघ ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। माघ ९ गते महोत्सवको उद्घाटन कार्यक्रमका साथसाथै...

  • युवा नेता डम्बर खड्का द्वारा राष्ट्रप्रेमी मा.वि. फुङनामलाई बहुमूल्य सरस्वतीको मूर्ति हस्तान्तरण

    चुलाचुली (इलाम) : चुलाचुली स्थित राष्ट्रप्रेमी माध्यमिक विद्यालय फुङनामले बहुमूल्य धातुबाट निर्मित सरस्वतीको मूर्ति प्राप्त गरेको छ। नेपाली कांग्रेस इलामका सभापति तथा युवा समाजसेवी डम्बर बहादुर खड्काले चुलाचुली वडा न ६ स्थित  विद्यालयलाई उक्त मूर्ति प्रदान गरेका हुन्। खड्काले शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल र...

  • राई पहिरन विद्यालयको पहिचान : स्थानीय संस्कृतिसँगै अघि बढ्दै मनोहर आधारभूत विद्यालय

    मिक्लाजुङ (मोरङ) : स्थानीय संस्कृतिको संरक्षण र विद्यार्थीमा सांस्कृतिक पहिचानप्रतिको गर्व जगाउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित मनोहर आधारभूत विद्यालयले एक अनौठो र सराहनीय पहल सुरु गरेको छ । सो विद्यालयले राई समुदायको मौलिक पोसाकलाई विद्यालयको आधिकारिक पोसाकका रूपमा सातामा दुई दिन अनिवार्य रूपमा लगाइ...

  • जनकल्याण माविको नवनिर्मित ८ कोठे भवन उद्घाटनः पूर्वविद्यार्थीदेखि समुदायसम्मको अभूतपूर्व ऐक्यबद्धता, ६८ जना सम्मानित

    इलामः  जनकल्याण माध्यमिक विद्यालयले समुदाय, स्थानीय सरकार र पूर्वविद्यार्थीको सहकार्यमा निर्माण गरिएको नवनिर्मित ८ कोठे भवन सोमबार एक विशेष समारोहका बीच उद्घाटन गरेको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले भवन उद्घाटन गरे भने फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल विशेष अतिथि भएर उ...

  • सयभन्दा बढी बालबालिकामा अटिजम

    झापा । जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् । यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको सम्झौताअनुसार...