
पाँचथर: फाल्गुनन्द-७, वाँसागु आङसाराङस्थित लाल बहादुर आधारभूत विद्यालयमा बुधबार न्यानो स्वीटर तथा अन्य समान वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार कुरुम्बाङको अध्यक्षतामा ७ नम्बर वडाअध्यक्ष देउकुमार आङ्देम्बे प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिका रूपमा पूर्व गाउँपालिका अध्यक्ष बीर बहादुर कुरुम्बाङ लगायत अन्य जनप्रतिनिधि तथा समाजसेवीहरू उपस्थित थिए।
कार्यक्रम अन्तर्गत विद्यालयका ८५ जना विद्यार्थीले न्यानो कपडा प्राप्त गरेका थिए, जसले विद्यार्थीहरूको जाडो मौसमको आवश्यकतालाई सहज बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको प्रधानध्यापक डम्बर हाङ आङ्देम्बेले जानकारी दिए ।
उक्त सामग्री सौजन्यकर्ताका रूपमा लक्ष्मी कोईराला (मिश्र) र प्रधानध्यापक आङ्देम्बेले सहयोग र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निभाएका हुन्।
कार्यक्रमले विद्यार्थीहरूमा हर्ष र उत्साहको वातावरण सिर्जना गरेको साथै समाजमा आपसी सहयोग र सहकार्यको महत्वलाई पनि प्रकट गरेको छ।



















































